
तुलसीपुर, माघ २८ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु दाङले तुलसीपुरमा आगोलागीमा परि पाँच जनाको मृत्यु भएको घटना प्रति दुःख ब्यक्त गरेको छ ।
अनेरास्ववियु दाङका अध्यक्ष बिरबल खड्काले शुक्रबार बिज्ञप्ती मार्फत आगलागीबाट भएको धनजनको क्षति प्रति दुःख ब्यक्त गरेका हुन ।
बिद्युत सर्ट भइ आगलागी भएको आगलागीबाट ठूलो धन जनको क्षति भएको भन्दै नेपाल बिद्युत प्राधिकरणको खड्काले ध्यानाकर्षण गराएका छन् ।
मिटर रिडिङ संगै समय समयमा जिर्ण तार, मिटर बक्सको अवस्था नियमन गर्न इञ्चार्ज खड्काले आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
