२०८१ माघ ९ गते बुधवार

निर्मलाका निम्ति न्याय माग्दै दाङमा विद्यार्थीले गरे प्रदर्शन (भिडियो सहित )

दाङमा विद्यार्थीले निर्मलाका निम्ति न्याय माग्दै सडक प्रदर्शन गरेका छन्। तुलसीपुर आसपासका दर्जनौं विद्यालयका विद्यार्थीले सोमबार तुलसीपुरमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।

विद्यार्थीले निर्मलालाई न्याय दे, बलात्कारी र हत्यामा संलग्नलाई फाँसी दे, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाउँदै बजारको परिक्रमा गरेका हुन्।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा पनि बलात्कार र हत्यामा सम्लग्न व्यक्तिलाई सरकारले संरक्षण गरिरहेको उनीहरूको दोषारोपन थियो। विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले प्रदर्शनको संयोजन गरेको थियो।

अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर खड्काले सरकारले नै निर्मला पन्तका बलात्कारी र हत्यारालाई संरक्षण गरेको आरोप लगाए।

‘हत्यारालाई संरक्षण गर्ने गृहमन्त्री नायालयक हुन्। गृहमन्त्रीले पदमा बस्ने नैतिक आधार गुमाइसकेका छन्,’ सचिव खड्काले भने।

दुई महिना बित्दा समेत बलात्कारी र हत्याराको पहिचान गर्न नसक्ने गृहमन्त्रीको औचित्य समाप्त भइसकेको प्रदर्शनमा सहभागी महेन्द्र माध्यमिक विद्यालय तुलसीपुरकी एक छात्रा रिता चौधरीले बताइन्।

दोषीलाई कानुनी कारबाही गर्नुको सट्टा राज्य संयन्त्र नै अपराधी जोगाउन उद्धत रहेको चौधरीले दाबी गरिन्।

 

प्रकाशित मिति : २०७५ असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *