२०८१ माघ १३ गते आइतवार

खुमबहादुर पुत्र अनुराग राजनीति सिक्न घर दैलोमा व्यस्त

नेपाली काँग्रेस स्वर्गीय नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्का यतिबेला राजनीति सिक्न भन्दै घर दैलोमा व्यस्त छन् । असोज ११ गते गृह जिल्ला दाङ आएर उनले थुप्रै गाउँ बस्तीमा पुगेर सर्वसाधारणलाई भेटे । नेपाली काँग्रेसले घोराहीमा आयोजना गरेको ५ नं. प्रदेश स्तरिय दुई दिने सुझाव संकलन कार्यक्रममा पनि अनुराग सहभागि भए ।

त्यसपछि अनुराग घोराहीका विभिन्न क्षेत्रमा पुगे । जनताको अभिमत बुझे । त्यसपछि उनी दाङको देउखुरी क्षेत्रका आधा दर्जन जति गाउँ बस्तिका स्थानीयलाई भेट गरे । भालुवाङ, लालमटिया, गढवा, गोवरडिया, राजपुर, बेला र घोराही क्षेत्रमा एक हप्ता दिन भेटघाट गरे । ‘मैले दाङ चिन्नु छ र राजनीति पनि सिक्नु छ । त्यसैका लागि जनमत बुझ्न गएको हुँ ।’ अनुरागले फरककोण संगको फोन संवादमा भने । दाङमा बुवाका साथी, अग्रज काँग्रेस नेता, स्थानीय संग भेटेर राजनीति बुझ्ने आफुले प्रयास गरेको खड्काले बताए । ‘ बुवाका साथी र अग्रज संग आर्शिवाद लिन पाए’,– अनुरागले भने – अनुरागले भने – अनुरागले भने ‘ मैले त्यो भन्दा पनि ग्रास रुटका सर्वसाधारण नागरिक बाट ठूलो ज्ञान हासिल गरे ।’ भेटेका सबैले बाबुको विडो थाम्नु पर्छ र सक्रिय राजनीतिमा आउनु पर्छ भन्ने हौसला प्रदान गरेको खड्काले बताए । ‘ बुवाले अगाडि सारेका र पुरा नभएका विकासे कामलाई पूर्णता दिन तिमि राजनीतिमा आउनु पर्छ भन्ने धेरैको सुझाव पाए ।’ खड्काले भने ।

स्वर्गीय खुमबहादुर खड्काका एक्ला छोरा २६ बर्षीय अनुरागले बेलायत बाट हालसालै ब्यबस्थापन विषय बाट मास्टर (डिग्री) पुरा गरेका छन् । ‘मैले मास्टर सकिसके अव बुवाका अधुरा सपना पुरा गर्न म सक्रिय राजनीतिमा जाने मनस्थितिमा छु ।’ खड्काले भने । उसोत उनले आफ्नो बुवाको १३औं दिनको शुद्ध शान्तिको दिन दाङको लमहीमा सक्रिय राजनीतिमा होमिने घोषणा गरेका थिए । राजनीति सिक्न, स्थानीयको धारणा बुझ्न र आफ्नो जिल्लालाई नजिक बाट चिन्ने अभियानलाई सार्थक दिन तिहार पछि जिल्लाका बस्ति बस्तिमा पुग्ने अनुरागले बताए ।

‘बुवालाइ दाङबासीले धेरै माया गरेका हुन र त्यो माया, सद्भाब, मैले पनि पाउने छु भन्ने मलाई विश्वास छ ।’ अनुरागले भने । गाउँ घरमा पुग्दा अनुरागलाई स्थानीयले स्वागत गरेका थिए । धेरैले उनलाई बाबु जस्तै निडर र निर्भिक भएर राजनीति गर्न सल्लाह दिने गरेका छन् ।
काँग्रेस भित्र हक्की नेताको छवि बनाएका स्वर्गीय नेता खुमबहादुर खड्काको गत फागुनमा ६७ बर्षको उमेरमा भारतमा उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *