२०७७ माघ ३ गते शनिवार

प्रेस युनियनले एकलाखको अक्षयकोष स्थापना गर्ने

दाङ ।
नेपाल प्रेस युनियन दाङले दिपावली २०७५ सालको अवसरमा खेलिएको भैलोबाट संकलन भएको रकमबाट अक्षयकोष स्थापना गर्ने भएको छ । युनियनको शनिवार घोराहीमा बसेको बैठकले अप्ठेरोमा परेका यूनियनका पत्रकारहरुलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त अक्षयकोष आउने ब्याजले युनियनमा आवद्ध पत्रकारहरु अप्ठेरोमा परेको समयमा सहयोग गर्ने निर्ण यूनियनको बैठकले गरेको हो । संकलित रकममध्य एक लाखको अक्षयकोष स्थापना गर्ने र बाँकी रकम भवन निर्माणमा लगाउने बैठकले निर्णय गरेको छ । युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा बसेको बैठकले लमहीमा रहेको जग्गामा भवन निर्माणको कार्यलाई अगाडी बढाउने निर्णय पारित गरेको छ । बैठकले घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी युनियनका सदस्य अमरराज आचार्यका स्वर्गीय वुवा मणिराम आचार्यको अशामहिक निधनप्रति दुःख व्यक्त गर्नुको साथै शोक प्रस्ताव पारित गरेको छ ।

आचार्यको परिवारलाई युनियनको सहयोग
नेपाल प्रेस युनियन दाङले पितृ शोकमा रहेका युनियनका सदस्य अमरराज आचार्यको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । आचार्यका बुवा मणिराम आचार्यको निधन भएको पाँचौँ दिन युनियनले घरमै पुगेर १० हजार नगद सहयोग गरेको हो । मणिरामको कात्तिक २७ गते निधन भएको थियो ।  युनियनका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्षद्धय नारायण खड्का र देव यादव, सचिव आर.के.शीतल, कोषाध्यक्ष प्रकाश डाँगी, निवर्तमान सचिव देवेन्द्र बस्नेत लगायतको युनियनको टोलीले आचार्यको घरमै पुगेर आर्थिक सहयोग प्रदान गरेको हो ।

आचार्यको परिवारले सहयोग प्रदान गरेकोमा युनियन दाङलाई पत्रकार अमर आयार्य र उनको परिवारले धन्यवाद ज्ञापन गरेको थियो ।
यसैबीच युनियनमा आवद्ध सदस्यहरुलाई आईपर्ने कुनै पनि विपतमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि युनियनको शनिवारको बैठकले पारित गरेको छ । ‘युनियनमा आवद्ध साथीहरु विपतमा पर्दा मल्हम बन्ने नीति युनियनले लिएको छ,’ अध्यक्ष सन्तोष सुवेदीले भने ‘त्यही उदेश्यले अक्षय कोषको स्थापना गर्ने निर्णय भएको हो।’

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *