२०८१ बैशाख ८ गते शनिवार

असई शाह र प्रहरी जवान बुढाथोकी निलम्वित

दाङ । प्रहरीकै बीच बाट एक जना थुनुवा भागेको विषयलाई लिएर एक प्रहरी सहायक निरिक्षक र प्रहरी जवना निलम्बनमा  परेका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत थुनुवा कमाण्डर प्रहरी साहयक निरीक्षक सुनिल शाह र प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई कात्तिक २९ गतेदेखि लागुहुने गरि निलम्वित गरिएको ईप्रका तुलसपुरका प्रमुख प्रेबहादुर शाहीले जानकारी दिए । कात्तिक २५ गते कुटपिट मुद्दामा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १९ बर्षीय विष्णु बुढाथोकी घोराही बाट म्याद थपेर ल्याउँदै गर्दा ईप्रका नजिकै प्रहरीकै बीचवाट चल्ति बसको झ्याल बाट हाम फालेर भागेका थिए । प्रहरी सहायक निरिक्षक शाहलाई ५ नं. प्रदेश प्रहरी कार्यालयले र प्रहरी जवान बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय दाङले निलम्वित गरेको डिएसपी शाहीले बताए ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले उनीहरु पदमै रहँदा अनुसन्धानमा असजिलो हुने मात्र नभइ प्रमाण समेत नष्ट गर्न सक्ने भएको हुँदा निलम्वित गरिएको जानकारी दिए । थुनुवा भगाउन भूमिका खेलेको आशंका गरिएका प्रहरी जवान बुढाथोकीलाई प्रहरीले थुनेर राखेको छ भने अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद समेत थपि सकेको छ । उनीहरु थुनामा रहँदा सम्म र अनुसन्धान पुरा नहुँदा सम्म सामान्य नागरिकको जस्तै व्यवहार हुने प्रहरीले जानकारी दिएको छ ।

निलम्वित दुबै जनाका विरुद्ध सामाजिक न्याय विरुद्धको कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । तर शाह र बुढाथोकीलाई कति दिनका लागि निलम्बित गरिएको हो त्यो भने प्रहरीले खुलाउन चाहेको छैन । बसको अन्तिम सिटमा बसेका बुढाथोकी झ्यालको सिसामा लगाइएको एंगलको नट बोल्ट निकालेर त्यही झ्यालवाट हाम फालेर भागेका थिए ।

कात्तिक २५ गते फरार बिष्णु बुढाथोकी लगाएत झन्डै ३ दर्जनको संख्यामा रहेका थुनुवाहरुलाई ईप्रका तुलसीपुरले एउटा सार्वजनिक बसको व्यवस्था गरेर घोराही म्याद थपको लागि लगेको थियो । त्यसको सुरक्षार्थ आधा दर्जन जति प्रहरी खटिएका थिए ।

यो पनि पढ्नुहोस 

गुडिरहेको बसको झ्यावाट एकजना थुनुवा भागेपछि

प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *