
तुलसीपुर, २५ फागुन । तुलसीपुर उद्योग वाणिज्यसंघले थालेको एयरपोर्टको स्तरोनन्नतीकालागी खुत्रुकि अभियानमा एउटा कोटेशन फेरी जोडिएको छ । ‘एक घर एक ढुंगा, एक व्याक्ति एक इटा’, अर्थात जसरी पनि चिरो भाटेर सरकारलाइ टरीगाउ विमानस्थलको धावनमार्ग विस्तारकालागी नैतिक दवाव दिन । किनकि यहांका नेताहरुबाट टरीगाउ विमानस्थलको स्तरोन्नती हुनकालागी सार्थक पहल हुन सकेको छैन ।
यहि अभियानमा जोडिएका तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष राम प्रसाद चालिसे जहां पुग्छन् त्यहां एयरपोर्ट बोलिदिन्छन् । एयरपोर्ट बोल्न उनलाइ कुनै फोरम चाहिंदैन, अचेल । चिया पशलमा पनि एयरपोर्ट, नास्ता पशलमा पनि एयरपोर्ट, विवाहको भोजमा पनि एयरपोर्ट, काफिगफमा पनि एयरपोर्ट बोल्दाबोल्दा उनको थोगो बनेको छ, एयरपोर्ट ।
मंगलवार रक्षाचौरमा नेत्रज्योती संघको अठारौं साधारणसभामा उनले साधारणसभाको शुभकामना दिन छुटाएर नागरीक उड्ययन प्राधिकरणका डिजि संग पड्किए । ‘कस्तो डिजि हो, नबुझिकन टरीगाउको एयरपोर्टको चिरो भाट्न सल्यानका ७ वटा डाडा झार्नुपर्छ रे’, नेत्रज्योती संघको शुभकामना मन्तव्यमा भने, तपाइहरु जहां डेलिगेशन जानुहुन्छ, त्यहां टरीगाउ एयरपोर्टको धावनमार्ग बृद्धि पनि बोलिदिनुहोला है । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा आयोजित एउटा कार्यक्रममा उनै चालिसेले भनेका थिए, महिलालाइ त एयरपोर्ट झनै चाहिन्छ नी? अप्ठेरो सुत्केरी व्यथाले च्याप्यो भने सुविधा सम्पन्न अस्पतालमा पुग्न त प्लेन चढ्नुपर्यो नी, चांडै एयरपोर्टको धावनमार्ग बढाएर नियमित हवाइ सेवाकालागी तपाइ नारीहरुले झन पहल गर्नुहुने छ भन्ने विश्वास लिएको छ ।
आइतवार तुलसीपुरको एउटा चियापशलमा उनी उनै प्राधिकरणका डिजिसंग असन्तुष्टि पोखे । कमसेकम बुझेर बोलेको भएत हुन्थ्यो । नबुझिकन त्यति सानो चिरो भाट्ने कुरामा तिललाइ पहाड बनाउन त भएन नी’ । उनी निरन्तर बोलिरहेका थिए, यहांको एयरपोर्टको स्तरबृद्धिको सवालमा प्राविधिक प्रतिवेदननै गलत दिइरहेको छ । विभागमा पुगेको फाइललाइ पटक पटक त्यहिकै कर्मचारीहरुबाट गायव गरीन्छ । यहां एयरपोर्टको कुरा ठुलो स्वरमा उठाउने नेताहरुले मन्त्रालयमा पुगेर अर्थपुणर् पहल गर्न सकेनन् । ‘असम्भव होइन् नी धावनमार्ग बढाउने काम, त्यति सानो कामलाइ पनि प्रतिवेदनको गलत व्याख्या गरेर यहांको विमानस्थलको स्तरबृद्धि रोक्ने तत्वहरु छन्, उनीहरुको पर्दाफास गर्नै पर्छ, यसकालागी हामी मन्त्रालयमै पुगेर धर्ना दिने छौं ।’
चालिसेले सपना पनि एयरपोर्टको देख्न थालेका छन् । ‘अस्ती राती सपनामा ७२ सिटे जहाज ल्याण्ड गर्नै थालेको देखेको थिएं, तर ल्याण्ड नगर्दै व्युझिए, विस्तारामा रहेछु । निद्रा परेन’, किनकि राज्यले यति सम्भव विषयलाइ पनि असम्भव जस्तै बनाइदिन थालेको छ’, चालिसेको भनाइ थियो, हामी थाक्ने छैनौं, ७२ सिटे जहाज उडाएरै छाड्ने छौं ।
त्यसो त तुलसीपुर उद्योग वाणिज्यसंघको एयरपोर्ट अभियान चालिसेले पहिलो पटक थालेका भने होइनन्, अघिल्ला कार्यसमितिले गरेकै कामको निरन्तरता हो । एयरपोर्टको स्तरोन्नतीकालागी तुलसीपुर उद्योग वाणिज्यसंघले पहल थालेका दश बर्ष भन्दा पनि बढि भएको छ । संघमै निजि विमान कम्पनीको टिकट काउण्टर राखेर टरीगाउ विमानस्थललाइ तुलसीपुर उद्योग वाणिज्य संघले चलाएको थियो । संघका कार्यलय प्रमुख देखि कार्यालय सहयोगी सम्म हवाइ सेवाकालागी एयरपोर्टमै खटाएको थियो । तर एयरपोर्टको धावनमार्ग विस्तार हुन सकेन, इन्धन डिपोको वाहना बनाएर निजि कम्पनीले अच्चाक्लि भाडा बढाएर हवाइ सेवानै रोक्यो । पछि स्थानिय सरकारले नेपाल वायुसेवा निगमको बैंक खातामा टिकट नविके काट्ने गरी केहि रकम डिपोजिट गरेपछि मात्रै यहां हवाइ सेवा सन्चालन भैरहेको छ ।
अर्थपुर्ण हवाइसेवा होइन नी यो !
‘अहिले चलेको सेवालाइ हवाइसेवा भन्न मिल्दैन, किनकि विरामीलाइ आकस्मीक रुपमा काठमाण्डौ लग्नुपर्यो भने टिकट पाइदैन, बच्चा पाउने गर्भवतीलाइ अपर्झट काठमाण्डौ जानुपर्ने भयो भने टिकट पाइदैन, दात्रिनिकायका कर्मचारीलाइ आकस्मीक रुपमा वा चाहिएको समयमा सेवा लिनुपरेमा पनि संभव छैन, यसलाइ कसरी सेवा भन्ने’, चालिसेले फेरी अर्को भेटमा आक्रोश पोखेका थिए । यस्तो सेवा चल्नुभन्दा त बन्द भएकै वेश, किनकि चाहिएको समयमा यहांबाट हवाइसेवा छैन, विरामीलाइ काठमाण्डौ चांडै लग्नुपरे भैरहवा र नेपालगन्जको हवाइमार्ग प्रयोग गर्नेको विकल्प छैन ।
दशै अघि एउटा हल्ला आएको थियो, सामाजिक सन्जालमा लेखिएको थियो, तुलसीपुर एयरपोर्टको स्तरबृद्धिकालागी अर्थमन्त्रीले छुट्याए ५५ करोड । उतीखेरै सामाजिक सन्जाललाइ केहिले सच्याएर ५ करोड ५५ लाख लेखे, कसैले ५५ लाख हो रे भनेर लेखे । खासमा तुलसीपुरको टरीगाउ विमानस्थलको स्तरोन्नती गर्न सरकारले सुन्य बजेट विनियोजन गरेको थियो, निराश बनेका थिए चालिसे । ‘स्तरबृद्धि गर्न असम्भव छ भने सरकारले कारण देखाएर पुष्टि गर्नुपर्यो र यहांको विमानस्थल बन्द गर्नुपर्यो, अन्यथा हामीलाइ झुक्याउन मिल्दैन, हामीले पनि प्राविधिक सर्वेक्षण गराइसकेका छौं, अव एयरपोर्टको धावनमार्ग लम्वाइ बढाउने अभियानमा हामी रोकिने छैनौं’, चालिसेले फेरी आक्रोश मिश्रित आशा व्यक्त गरे ।
कोरोना भाइरसका संक्रमितलाइ हेलिकोप्टरमा काठमाण्डौ पुर्याएको खर्चले एयरपोर्टको चिरो भाट्न सम्भव थियो, तर यसो भएन । तर अव नागरीकले अथक दवाव दिनकालागी हामीले नेतृत्व गरीरहेका छौं । चालिसे बोलिरहेका थिए, सामुदायिक वनको प्रयाप्त जग्गा छ, कपास विकाश समितिको जग्गातीर धावनमार्ग डाइभर्ट गर्दा पनि हुन्छ भनेर प्राविधिकले भनेका छन् । हामीलाइ ७२ सिटे जहाजको उडानभर्नकालागी चाहिने १७ सय मिटरको धावनमार्ग बनाउन कुनै विकराल समस्या छैन । सल्यानको पहाड झार्नुपर्ने छैन, थर्कोटको पहाड झार्नुपर्ने छैन, चालिसे बकबक गरीरहेका थिए, आउने बजेटमा टरीगाउ विमानस्थलको धावनमार्ग विस्तारकालागी बजेट पार्न हामीले दवाव दिइरहने छौं, यो दाङको समृद्धिको पहिलो सर्त हो ।
किनकि विसं २०११ शालदेखिनै हवाइसेवा सुरु गरेको एउटा इतिहास बोकेको यो विमानस्थलमा राज्यको धेरै लगानी भैसकेको छ । टर्मिनल भवन बनिसकेको छ । स्तरीय सन्चार उपकरणहरु जडान भैसकेका छन् । इन्धन रिफिल गर्नकालागी हवाइ इन्धन डिपो निर्माणको काम सकिन थालिसकेो छ । हामीलाइ चाहिएको धावनमार्गको केहि लम्वाइ बढाउने त हो । मैले भने, तपाइ यसको पात्र मात्रै हो, हामी सवै अभियन्ता बन्नुपर्छ…।