२०८३ साउन २४ गते आइतवार

खोटाङमा हेलिकोप्टर दुर्घटना – एक जना घाइते


काठमाडौं, चैत ४ । खोटाङमा एउटा हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ।

बिहान काठमाडौंबाट ५ जना यात्रु बोकेर उडेको एयर डाइनेष्टी हेली सर्भिस प्रालिको हेलिकोप्टर करिब १२ बजेतिर खोटाङको बेलाबेसी भन्ने गाउँको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

त्यो दुर्घटनामा परि काजीबहादुर राई घाइते भएका छन ।
अन्य यात्रु र पाइलट सबिन थापा सकुशल रहेको डाइनेष्टी कम्पनीले जनाएको छ।


घाइतेलाई सोही कम्पनीको अर्कौ हेलिकोप्टरले उद्धार गरि काठमाडौं लगिएको छ । हेलिकोप्टरका पाइलट सबिन थापा सकुशल रहेको पनि जानकारी दिइएको छ।


दुर्घटनाको प्रारम्भिक कारण तीव्र हावा वा धुलो हुन सक्ने अनुमान कम्पनीको छ।

घटना बारे थप अनुसन्धान हुन बाँकी छ ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *