२०८३ साउन २६ गते मङ्गलवार

देउखुरीमा ट्रयाक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किदा पौवा होटेलका कर्मचारीको मृत्यु

दाङ, चैत ४। दाङ देउखुरीको गढवामा भएको सवारी दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ ।


दुर्घटनामा परि गढवा गाउँपालिका – ५ बाँकी चोकका अन्दाजी ३६ बर्षीय भानु रिजालको मंगलबार बुलेकी मृत्यु भएको छ ।

बेलुकी पौने ८ बजेतिर रिजालले हाँकेको रा ६ प १७६९ नम्बरको मोटरसाइकल बाँकी चोकमा गुडिराखेको रा १ त ३४२९ नम्बरको ट्रयाक्टरको ट्रलमी पछाडिबाट ठोक्किदा उक्त दुर्घटना भएको थियो ।


दुर्घटनाका गम्भीर घाइते रिजाललाई उद्धार गरि प्रहरीले लमही अस्पतालमा पुर्‍याउँदा चिकित्सकले चेकजाँच पछि ८ बजेतिर मृत घोषणा गरेका थिए । उनी दाङको राप्ती गाउँपालिकाको भालुवाङस्थित होटल पौवामा कार्यरत कर्मचारी हुन ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बममा अनुसार ट्रयाक्टर र मोटरसाइकल गोबरडिहा बाट गढवा अर्थात एकै दिशा तर्फ जाँदै थिए ।

मृतक रिजाल मोटरसाइकलमा एक्लै सवार थिए । घटना बारे अनुसन्धान हुन बाँकी रहेको प्रहरी निरीक्षक बमले बताए । ट्रयाक्टर चालकसहित ट्रयाक्टर र दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *