२०८३ असार २८ गते आइतवार

दाजु बहिनी खाल्डोमा डुबेर मृत्यु

दाङ, फागुन १९ । सुर्खेतमा खाल्डोमा डुबेर सहोदर दाजु बहिनीको मृत्यु भएको छ ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा ७ वर्षीय दाजु खेमराज कुटवाल र ५ वर्षीया बहिनी दिपीकाको खाल्डोमा डुबेर मृत्यु भएको हो ।


सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार उनीहरु कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–९ चिलखायाका टेकबहादुर कटुवालका छोरा र छोरी हुन ।
पछिल्लो समय कटुवला परिवार भाडामा सुर्खेतमा बस्दै आएको थियो ।


सोमबार साँझ दाजु बहिनी सोही खाडलमा डुबेको अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खाडलबाट अचेत अवस्थाका दुई बालबालिकालाई उद्धार गरि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्‍याएको थियो । चेकजाँच पछि चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।


बालबालिका आँफुहरु बस्ने घर नजिकै निर्माणाधिन नयाँ घरको कमाउन्डमा खेल्दै पुगेको हुनुपर्ने अनुमान गरिएको छ । खेल्ने क्रममा दाजु बहिनी पानी भण्डारणको लागि खनिएको खाडलमा पसेको प्रहरीको अनुमान छ ।


घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *