२०८३ बैशाख १३ गते आइतवार

अछामका इञ्चार्ज बोहराले एमाले त्याग्दै नेकपामा पार्टी प्रबेश गरे

दाङ, पुस २८ । नेकपा (एमाले) अछामका इञ्चार्ज भैरबबहादुर बोहराले पार्टी त्यागेर नेपाली कम्युनिष्ट पार्टीमा पार्टी प्रबेश गरेका छन् ।

सोमबार एमाले त्यागेर नेकपा रोजेका बोहरा एक जना अनुभवी र पुराना नेता हुन । बोहराले बक्तब्यमा आँफु बिगत ४५ बर्षदेखि कम्युनिष्ट आन्दोलनमा रहेको उल्लेख गरेका छन् ।


उनले भनेका छन् ‘अहिले आएर राष्ट्रिय स्वाधिनता नै खतरामा पर्न थालेको र जनताका आकाँक्षा धुमिल हुन लागेको जस्तो स्थिति सृजना भएको देख्दा देशभक्तिमा आधारित देश र जनमुखी बलियो कम्युनिष्ट पार्टीको आवश्यकता महसुश भएको छ ।;


साथै उनले यस्तो आवश्यकतालाई पुरा गर्नेतर्फ काम गर्नु भन्दा आँफु रहेको नेकपा (एमाले) को नेतृत्व सत्ता केन्द्रित, अहंकारी र स्वच्छाचारी भएर बिपरित शिद्धान्त र ब्यबहार भएकाहरु संग साँठगाँठ गर्ने तर्फ लागेको दोषारोपन गरेका छन् ।

बोहराले एमालेमा रहेर देश र जनताको देश हितमा योगदान गर्न नसकिने देखिएकोले सोमबारदेखि नै लागु हुने गरि एमाले त्यागेको बताएका छन् ।

बोहोराको वक्तव्य राख्दै नेकपाका नेता भीम रावलले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आफ्नो खुसी सार्वजनिक गरेका छन् ।


‘नेपालमा कम्युनिस्ट पार्टीको निर्माण र विकासमा अछामदेखि काठमाडौँसम्म लामो समय सहयात्रा गरेको कमरेड भैरबहादुर बोहरा संग पुनः एउटै भावनाका साथ एउटै पार्टीमा अघि बढ्ने संकल्प गरेका छौं, म अत्यन्त खुसी भएको छु,’ रावतले लेखेका छन् ।

प्रकाशित मिति : २०८२ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *