२०८२ माघ २८ गते बुधवार

तुलसीपुरमा जब प्रकास सतुप गुञ्जिय…


तुलसीपुर, पुस ११ । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को आठौँ दिन शुक्रबार चर्चित लोक दोहरी गायक प्रकाश सपुत गुञ्जिय । सपुतको प्रस्तुतीमा सयौं दर्शक एकै साथ झुमे र संगै गाउँदै रमाए ।

सपुतको प्रस्तुतीमा दर्शक कहिले भावुक बने भने कहिले रोमाञ्चित । सपुतको कतिपय प्रस्तुतीमा सर्वसाधारण दर्शक संगै नाचेका थिए ।

सपुतले ‘बोल माया बोल’, ‘ मेरो पनि होइन र यो देश ?’, ‘छाती चिरिन्छ’ जस्ता आफ्ना चर्चित गीतहरु जादुमय स्वरमा प्रस्तु गर्दा दर्शक मन्त्रमुग्ध बनेका थिए ।

सपुतका गीतहरुमा वैदेशिक रोजगारीमा जानेहरुका पीडा र देश प्रेम, समाज, काल र परिस्थिति छछलिकएका थिए । ती गीत प्रस्तुत गर्दै उनले भनेका थिए – ‘मलाई फेरी यस्ता कमाउनकै लागि बिदेश जानु पर्ने गीत गाउन मन छैन । यस्ता गीतहरु गाउनपनि नपरोस भन्ने मेरो चाहाना छ । तर, देश, काल र परिस्थितिका कारण म यस्ता गीतहरु गाउन बाध्य छु ।’
साथै उनले नेपाली बिदेशिने क्रम रोकियोस भन्ने कामना पनि गरे । उनले स्वदेशमै प्रसस्त रोजगारी सृजना भएको हेर्ने चाहाना पनि ब्यक्त गरे ।

सपुतले ‘झमके साँझ’, ‘तिमी मलाई प्रलय नै मन पर्ने’, ‘के लाउनी रैछ र मनै जितेसी’ जस्ता माया प्रेमका गीतहरु पनि पस्किएका थिए ।


गाउँदा गाउँदै झुम्मक्क अध्याँरोले छोपेपछि सपुतले दर्शकलाई मोबाइलको उज्लायो बाल्न आग्रह गर्दा एकै साथ सयौं जनाले मोबाइलका प्रकाश बालेर स्टेज उज्यालो पारिदिएका थिए ।

त्यो दृष्य यस्तो लाग्थ्यो मानौ त्यो झिलीमिली औंशीको रातको तारामण्डल थियो । दर्शकको अत्याधिक माया र साथ पाएर उत्साहित हुँदै सपुतले आँफुले दुई बर्ष पछि मेला महोत्वमा आएको र सबै भन्दा बढी मानिस तुलसीपुरमा पाएको बताएका थिए ।

‘कलाकारका लागि दर्शकको ताली र आँशु दुवै उत्तिकै मूल्यवान हुन्छन,’ उनले भनेका थिए ‘ आज तुलसीपुरले मलाई जुन माया दियो, त्यो सधैँ स्मरण्णिय रहनेछ ।’
महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले प्रकास सतुत तुलसीपुर आउँदा दर्शक निकै रमाएको बताए ।

शुक्रबार सागर वली, कालिका राना लगायतले महोत्समवा प्रस्तुती दिएका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि सुरु भएको महोत्सव १९ गतेसम्म चल्ने छ ।

‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ संचालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान, रोटे पिङ, अटो मोबाइल्स, सूचना प्रविधिको प्रदर्शनी पनि भइरहेको छ । महोत्सवमा लण्डन ब्रिजदेखि जलपरीलाई दर्शकले निकै रुचाएका छन् ।

महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्रबहादुर वलीले शनिबार पनि महोत्सवमा उत्तिकै दर्शक आउने आशा ब्यक्त गरे । महोत्सवमा शनिबार चर्चित गायक रमेशराज भट्टराई आउने महासचिव वलीले बताए ।


साँस्कृतिक संयोजक टिकाजंग वलीका अनुसार शनिबार गायक भट्टराइ आउने खबरले सर्वसाधारण उत्साहित बनेको बताए ।

गयक भट्टराइले ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ जस्ता चर्चित गीत गायका छन् ।


गायिका रेखा पोखरेल, राजेन्द्र चौधरीपनि शनिबार प्रस्तुती रहने छ । शनिबार एचआर मगरले एमसी गर्ने छन् ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *