तुलसीपुर , पुस ११ । दाङको तुलसीपुरमा महोत्सवको आज आठौँ दिन । महोत्सवमा आज चर्चित गायक तथा नायक प्रकाश सपुतको प्रस्तुति रहने भएको छ ।
पछिल्लो समय उनी मुलुककै सर्वाधिक रुचाइएका गायक हुन । शुक्रबार पनि परेको हुँदा आज सपुतलाई सुन्न र हेर्ने दर्शकको बाक्लो उपस्थिति रहने अपेक्षा मेला आयोजकको छ ।
महोत्सवमा आज सपुतसंगै गायक सागर वली, गायिका कालिका राना, डान्सर सावित्रा वली लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सार्वजनिक बिदा परेको हुँदा महोत्सवमा बिहीबारपनि दर्शकको उल्लेखनिय सहभागिता थियो । अत्याधिक दर्शकका कारण ब्यबस्थापन गर्न गाह्रो भएपछि दिउँसो दुई घन्टा भित्र प्रबेशका लागि टिकट रोक्नु परेको थियो ।
महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले मेला सफल उन्मुख भइ सकेको बताए ।
‘स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौँ, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ पुस ४ गतेदे िखजारी महोत्सव पुस १९ गतेसम्म संचालन हुने छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले यो पटक महोत्सव लगाएको छ ।
महोत्सवमा बाल उद्यान, जलपरी, लण्डन ब्रिज आर्कषणको केन्द्र बनेका छन ।
महोत्सवमा रुकुम पश्चिमको सिस्नोदेखि दाङको ढिक्रीपनि उत्तिकै रुचाइएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्रबहादुर वलीले बताए ।