२०८३ साउन २६ गते मङ्गलवार

बाँकेका पत्रकारलाई पर्यटन सम्बन्धी रिपोर्टिङ र फोटोग्राफी तालिम


नेपालगंज, मंसिर ७ । नेपाल पर्यटन बोर्डको आयोजनामा आइतबार नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम भएको छ ।

नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर तथा पर्यटन दिगोविकास परियोजनाका राष्ट्रिय परियोजना संयोजक श्रद्धा श्रेष्ठले गरेकी हुन ।

कार्यक्रमको उदघाट्न गर्दे श्रेष्ठले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकिय संभावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताइन । उनले पर्यापर्यटनको प्रबद्र्धनका लागि मिडिया र सरोकारवालाबीच समन्वयात्मक भुमिका महत्वपुर्ण हुने बताइन ।


नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा भएको कार्यक्रमका अन्य सहभागीले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशिलता बढाउने बताएका थिए ।


कार्यक्रममा नाटा बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको बिषयमा बाँकेमा पछिल्ला दिनमा छलफलहरु नियमित हुनु र पर्यटकिय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भएको बताए ।


उनले यस्ता कार्यले पर्यटन प्रवद्र्धनमा टेवा पुराउने बताउँदै मिडियाकर्मीहरुको सहभागिता र भुमिका पनि संगसंगै देखिन जरुरी रहेको चर्चा गरे ।


नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरी लगायतले पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले पत्रकारका लागि अनुशिक्षण, अभिमुखिकरण तथा फेलोसिप जस्ता कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए ।


कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत ६० जना बढी पत्रकारको सहभागिता थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप कार्की र फोटो पत्रकार प्रशिक्षक सुनिल ब्रजाचार्यले अनुशिक्षण गरेका थिए ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *