२०८३ साउन २६ गते मङ्गलवार

सभापति देउवा बिरुद्ध मनपरी बोल्नेलाई कारबाही हुनुपर्छ – मुख्यमन्त्री शाह

दाङ, मंसिर ६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाका बिरुद्ध मनपरी बोल्नेहरुलाई कारबाहीको माग गरेका छन् ।

बजुरामा शनिबार कांग्रेस त्रिवेणी नगर कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस नेता समेत रहेका मुख्यमन्त्री शाहले पार्टी सभापति देउवाका बिरुद्ध मनपरी बोल्नेहरुलाई तत्काल केन्द्रीय समिति बैठक बोलाएर आवश्यक कारबाही गर्न माग गरेका थिए ।

हालै प्राइम टेलिभिजनको एक अन्तरवार्तामा कांग्रेस नेता शंकर तिवारीले सभापति देउवालाई लक्षित गरी प्रयोग गरेको भाषा र शब्दप्रति मुख्यमन्त्री शाहले रोष प्रकट गरेका हुन ।


‘सभापति देउवाले मुलुक र पार्टीका लागि पुर्‍याएको योगदान अतुलनिय छ,’ शाहले भने ‘ त्यस्ता सभापतिका बिरुद्ध गैर जिम्मेवारीपूर्ण भाषा प्रयोग गर्न कसैलाई छुट छैन ।’ पार्टीमा अनुशासन बलियो बनाएर जान आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाहले पार्टीको मर्यादा भूल्नेहरु कारबाहीका भागिदार हुनुपर्ने बताए ।

काँग्रेस पार्टी विधि र पद्धतिमा चल्ने संस्था भएको भन्दै कसैलाई पनि जथाभावी बोल्ने छुट दिन नहुने बताएका थिए ।

उनले अहिले पनि सभापति देउवाको नेतृत्वमा नै पार्टी र देशलाई निकास दिन सकिने विश्वास व्यक्त गरे ।
विचलित नहुन, एउटै ठाउँमा उभिन र शुद्धीकरणसहित पार्टीलाई सही दिशातर्फ लैजान सक्ने सामथ्र्य पार्टी सभापति देउवा संग मात्रै रहेको उनले जिकिर गरे ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *