२०८३ साउन २४ गते आइतवार

छिमेकीलाई बन्चरो प्रहार गर्ने युवक पक्राउ

दाङ, मंसिर ६ । छिमेकीलाई बञ्चरो प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको कुमाख गाउँपालिका – ६ सेरागाँउका १९ बर्षीय एक युवकलाई टाउकोमा बञ्चरो प्रहार गरेको आरोपमा कुमाख – ६ च्याउखोलाका १८ बर्षीय डम्मर बिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको अवस्था मध्यम रहेको तथा बाँकेको नेपालगंजस्थित नर्सिङहोममा उपचारका भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

बन्चारो प्रहार गर्ने ब्यक्ति माथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *