दाङ, मंसिर ३ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका – ६ सनीहल टोलस्थित सुपर मार्केटमा रहेको ‘शान्ताको अचार पसल’ कात्तिक ३० गते एका बिहानै आगजनी बाट खरानी भयो ।
जुन अचार पसल दाङको घोराही निवासी नेकपा एमालेकी नेतृ शान्ता चौधरीको थियो । दैलेखको भगवती माइ गाउँपालिका – ६ की खगीसरा बुढा रोकायाको सहयोगमा उनले सुर्खेतमा अचार पसल संचालन गर्दै आएकी थिइन ।
वीरेन्द्रनगर – ६ का स्थानीय श्याम चलाउने र वीरेन्द्रनगर – २ का धनबहादुर जिसीले मिलेर १८ कोठे सुपुर मार्केट खोलेर भाडामा लगाएका थिए । सुपर मार्केटको छाना भने जस्ताले छाइएको थियो ।
सोही सुपुर मार्केटको २ न म्बर सटरमा शान्ताको अचार पसल थियो । जो आगलागी बाट नष्ट भएको थियो । अचार पसल संगै सटेको सटर नम्बर १ को नबदुर्गा बेबी शपपनि आगोले ध्वस्त भएको थियो ।
जन कपडा पसल वीरेन्द्रनगर–६ की जुनाकुमारी बोहोराले संचालन गरेकी थिइन । प्रहरी अनुसन्धानबाट कपडा पसलबाटै आगो लागेको खुल्छ । अर्कौ तर्फ जुनाका देवर वीरेन्द्रनगर –८ बस्ने २८ बर्षीय दीपक कँडेल घटना पछि फरार थिए । दीपक दाजु संग छुट्टी भिन्द भइ सकेका थिए ।
तर, उनले आफुलाई अंश बण्डामा ठगिएको भन्दै किचकिच गर्दै आएका थिए । उनका बारे प्रहरीमा लागु औषध मुद्दा खेपेको रेकर्ड फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढाथाले जानकारी दिए ।
फरार दीपकलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले आँफुले नै भाउजुको कपडा पसलमा पेट्रोल छेर्केर आगो झोसेको स्वीकार गरेको डिएसपी बुढथापाले बताए । आँफुलाई अंश बण्डामा ठगेको हुँदा सोही झोकले भाउजुको कपडा पसलमा आगो लगाएको उनले बयान गरेका छन् ।
सोही आगो शान्ताको खचार पसलमा पनि सल्किन पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
