तुलसीपुर, मंसिर २ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क र बसपार्कमा रहेका बिभिन्न समितिका काउण्टरहरुमा तोडफोड र चोरी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ बसपार्क बस्ने २८ बर्षीय विशाल परियार र तुलसीपुर – ९ बस्ने २७ बर्षीय राजकुमार वली रहेका छन् ।
जिल्ला अदालतले आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा उनीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न समय प्रदान गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
तुलसीपुर क्षेत्रबाट यसअघि प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । त्यस्तै जिल्ला भर हालसम्म पक्राउ पर्नेको संख्या २६ पुगेको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर २ गते मङ्गलवार