२०८३ साउन २६ गते मङ्गलवार

लुम्बिनीका सभामुखले आफ्ना सबै स्वकिय हटाए

तुलसीपुर , मंसिर १ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्ना सबै स्वकीय हटाएका छन् ।

सो बारे आइतबार उनले सार्वजनिक बक्तब्य नै जारी गरेका छन् ।
तत्कालिन नेकपा (माओबादी केन्द्र) बाट निर्वाचित पाल्पाबाट प्रतिनिधत्व गर्ने सभामुख मगरले मुलुकको विशेष परिस्थिति र वर्तमान अवस्थाका कारण मंसिर १ गतेदेखि लागु हुने गरि आफ्नो स्वकीय सचिवालय तथा निजी कर्मचारी हटाएको जानकारी दिएका छन् ।

अब प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा १ अनुसार प्रदान हुँदै आएको सेवा सुविधा उनीहरुले पाउने छैनन् ।

जेनजी आन्दोलन पछि बनेको नयाँ सरकारले सांसद, मन्त्रीहरूका सचिवालय घटाउने निर्णय गरेको थियो ।
तर संघीय सरकारले जारी गरेको सर्कुलरमा सभामुख र उपसभामुखको बारेमा स्वकीय हटाउन नहटाउने बारे कुनै कुरा उल्लेख छैन ।

तै पनि सभामुख मगरले नैतिकताको आधारमा तत्काललाई सचिवालय हटाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *