तुलसीपुर, कात्तिक ३० । दाङकै एक प्रमुख पर्यटकीय स्थल तुलसीपुर उपमहानगरपालिका – ७ स्थित राप्ती शान्ति उद्यान निर्माण समितिको नेतृत्व चुन्न शनिबार मतदान भयो ।
उद्यानका साथै सो उद्यान रहेको गणेश सामुदायिक वनको नेतृत्व चुन्न पनि एकै साथ निर्वाचन भएको थियो ।
त्यो निर्वाचन बाट नेपाली काँग्रेसका सुधिर केसी राप्ती शान्ति उद्यानको अध्यक्ष पदमा निर्वाचित भए । केसी दुईसय ३८ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
काँग्रेसका केसी निर्वाचनको माध्यमबाट शान्ति उद्यानको नेतृत्वमा पुग्ने पहिलो ब्यक्ति हुन । तत्कालिन समय स्थानीय हरि रिजालले २०६० सालमा स्थापना गरेको शान्ति पार्कमा त्यसपछि सर्वसहमतिमा सुधिरका घर परिवार भित्रकै दाजु टोपबहाुदर केसी अध्यक्ष बनेका थिए । त्यसयता सुधिर पहिलो पटक निर्वाचनको माध्यमबाट उद्यानको अध्यक्षमा निर्वाचित भएका हुन ।
कुल चार सय ५२ मत मध्य काँग्रेसका केसीले दुईसय ३८ मत प्राप्त गर्दा प्रतिष्पर्धी राष्ट्रिय जनमोर्चाका खेतुप्रशाद भण्डारीले एक सय ९४ प्राप्त गरेको निर्वाचन समितिका संयोजक लेबेन्द्र केसीले बताए । केसीले भण्डारीलाई ४४ मतान्तरले पराजित गरेका हुन ।
त्यस्तै कोषाध्यक्षमा राष्ट्रिय जनमोर्चाका बोधप्रशाद खनाल निर्वाचित भएका छन् । खनाललाई राजमो, रास्वपा र तत्कालिन माओबादी केन्द्र, बिप्लव निकट नेकपा लगाएको साथ समर्थन थियो ।
खनालले एक सय ८८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिष्र्धी नेपाली काँग्रेसका दण्डबहादुर मल्लले एक सय ३६ र नेकपा एमालेका डण्डमान पराजुलीले ७० मत प्राप्त गरेका थिए ।

उद्यानको नेतृत्व चुन्ने सवालमा नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा अध्यक्ष पदमा तालमेल थियो । तर, कोषाध्यक्षमा भने तीन वटै दलका बीचमा प्रतिष्पर्धा भएको थियो ।
त्यस्तै सदस्यहरुमा नेपाली काँग्रेसका तिलकराम भण्डारी खुल्ला सदस्यमा एक सय ५३, महिला सदस्य बाट तेजु रावत दुई सय ११ र जालपादेबी दमाई एक सय ८६ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
शान्ति उद्यानको खुल्ला सदस्यमा स्वतन्त्र कमल भण्डारी एक सय ९२ र एमालेका भागिरथ भण्डारी एक सय ९४ मत प्राप्त गरि निर्वाचित भए । त्यस्तै एमालेबाट महिला सदस्यमा बोलकुमारी भण्डारी दुई सय ४० मत प्राप्त गरि निर्वाचित भएकी छन् ।
शान्ति उद्यानको नौं सदस्य निर्माण समिति मध्य सचिव पदमा भने नेकपा एमालेकी माया रिजाल पहिलै सर्वसम्मत रुपमा निर्वाचित भएकी थिइन ।
वनमा भण्डारी निर्वाचित
शनिबार नै श्रीगणेश सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व चुन्न मतदान भयो । खसेको चार सय ५३ मत मध्य नेकपा एमालेका डिल्लीराज भण्डारी निर्वाचित भए । उनी यसअघि राप्ती शान्ति उद्यानको नेतृत्वमा थिए ।
भण्डारीले एक सय ८८ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार लोकमणि पोख्रेलले एक सय ५५ र तत्कालिन नेकपा माओबादी केन्द्र निकट लिलाधर विश्वकर्माले ७७ मत प्राप्त गरेका थिए ।
वनमा पनि काँग्रेस र एमालेका बीचमा तालमेल थियो । वनको उपाध्यक्षमा नेपाली काँग्रेसकी ईश्वरा महतरा निर्विरोध निर्वाचित भएकी थिइन ।
त्यस्तै सचिव पदमा नेपाली काँग्रेसका तुलसीराम भण्डारी एक सय ८८ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धीहरु खुमलाल पोख्रेल एक सय ४६ र पार्वती बुढा मगरले ४२ मत प्राप्त गरेकी थिइन ।
त्यस्तै वनको कोषाध्यक्ष पदमा नेपाली काँग्रेसकी प्रतिभा भण्डारी दुई सय ४२ मत प्राप्त गरि निर्वाचित भइन । भण्डारीकी प्रतिष्पर्धी दुर्गा शर्मा वलीले एक सय ३१ मत प्राप्त गरेकी थिइन ।
त्यस्तै सह–काषाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै माधवा गिरी निर्वाचित भएकी छन् । गिरीले दुई सय ५६ मत प्राप्त गर्दा प्रतिष्पर्धी गिरिराज पाण्डेले एक सय नौं मत प्राप्त गरेका थिए ।

