२०८२ बैशाख ११ गते बुधवार

पहिरो जाँदा डोल्पामा ९ जना बेपत्ता

डोल्पा, असार २९। मुड्केचुला गाउँपालिका–१, २ र ३ मा शनिबार पहिरो जाँदा नौ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ ।

बेपत्ता हुनेमा चार बालबालिका रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिएकाछन् । पानी घट्ट गएका धनरुपा बोहोरा, विचित्र बोहोरा, सारिका बस्नेत, निर्मल बोहोरालगायत बेपत्ता भएका छन् । दिउँसो २ बजे पहिरो गएको हो ।

पहिरोले वडाध्यक्ष भानुभक्त बोहोरा, जङ्गबहादुर बोहोरा र धर्मराज बोहोराको घर बगाएको छ । वडाध्यक्ष भानुभक्तका दाजु ४३ वर्षीय धनराजको शव फेला परेको छ ।

उक्त ठाउँमा २५ भन्दाबढी घर पहिरोको जोखिमा रहेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । प्रहरी चौकी इलाको टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *