तुलसीपुर , कात्तिक २४ । दाङमा प्रहरीले भन्सार छली ल्याएको झन्डै डेढ लाख मूल्य बराबरको चिनी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भालुवाङ बाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाँउपालिका– १ भालुवाङ पुलचोक बाट प्रहरीले सो परिमानको चिनी बरामद गरेको हो ।
कपिलबस्तुबाट प्युठान तर्फ जादै गरेको लु.प्र.०१–००१ ख ००५८ नम्बरको मिनी ट्रक चेकजाँज गर्ने क्रममा भारतबाट भन्सार छली ल्याएको २८ बोरा चिनी बरामद भएको दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।
प्रति बोरा ५० केजीको चिनीको मूल्य १०० का दरले एक लाख ४० हजार बराबरको हुने प्रहरीले जनाएको छ ।
ट्रक र सामन नियन्त्रण पछि आवश्यक कारवाहीको लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक २४ गते सोमवार
