दाङ , असोज २३ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा बिषेश अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार १२ करोड भ्रष्टचार गरेको आरोपमा भण्डारीसहित १३ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन उपकुलपति डा. संगीता भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ।
अख्तियारले दायर गरेको मुद्दामा प्रतिष्ठानले लुम्बिनी हेल्थकेयर संग एमआरआई मेसिन खरिद गर्दा मिलेमतोमा करिब १२ करोड रुपैयाँ अनियमितता गरेको आरोपसहित मुद्दा दायर गरेको छ ।
भण्डारी हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापकका रूपमा कार्यरत छन ।
प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार

