
दाङ,असार २८ । नेपाल विद्यार्थी सघं राप्ती बबई क्याम्पस तुलसीपुरको ईकाइ सभापतिमा बशन्त बस्नेत चयन भएका छन् ।
शुक्रवार नेविसंघ राप्ती बबई क्याम्पस ईकाइ सभापति द्धय किरण केसी र रोहित न्यौपानेले वशन्त बस्नेतलाई सभापति बनाउन सहमत भएका हुन ।
विगतमा ईकाइ गठनको प्रक्रियामा दुबै जनाले दाबी नछोडेपछि न्यौपाने र केसी दुबैले आँफु आधिकारिक सभापति भएको दाबी गर्दै आएका थिए ।
आपसी मनमुटावले संगठन कमजोर हुने परिस्थिति देखिएको हुँदै दुबैजनाले बस्नेतलाई सभापति बनाउन सहमत भएको जानकारी दिइएको छ । आगामी अधिवेशनसम्मको लागि अब राप्ती बबई क्याम्पसको यसअघिका उपाध्यक्ष बस्नेतलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको जानकारी दिइएको छ । तर अझैंपनि केही विद्यार्थी नेताहरुले पनि यसमा विमत्ति रहेको जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार