तुलसीपुर, साउन २५ । तुलसीपुरका दुधरासमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
घाइते मध्य राप्ती गाउँपालिका – ५ का ४६ बर्षीय देवराज चौधरीको उपचारका क्रममा राति साढे ९ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको थियो ।
तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु.प्र.०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र तुलसीपुर तर्फ आउँदै गरेको चौधरीले चलाएको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका – १८ दुधराशमा शनिबार बेलुका साढे ७ बजेतिर आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परि लु.प्र.०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ का २७ बर्षीय नवराज पौडेल र पछाडि सवार बाराको विश्रामपुर गाउँपालिका – २ घर हाल तुलसीपुर–५मा बस्ने १८ बर्षीय रोशन पण्डित घाइते भएका छन् ।
उनीहरु दुबै जनालाई दुवै हात खुट्टा, अनुहार, टाउको र छातिमा चोट रहेको छ । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल पछि सिटी हस्पिटल तुलसीपुरमा उपचार भइ रहेको प्रहरी निरीक्षक मगरले बताए ।
घाइते मध्य चालक पौडेललाई बढी घाउ खत छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना पछि अस्थायी प्रहरी पोष्ट बेलझुण्डीबाट प्रहरी सहायक निरीक्षक सौजन डाँगीको कमाण्डमा खटिगएको टोलीले घाइतेलाई उद्धार गरि अस्पताल पठाएको थियो ।
दुबै मोटरसाइकल बेलझुण्डी प्रहरीको नियन्त्रणमा छन्
। दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै शनिबार बेलुकी ६ बजेपछि तुलसीपुर – ११ उरहरी चोक नजिक रा ५ प ८०७० नम्बरको स्कुटीले पैदलयात्रीलाई ठक्कर दिदा थप दुई जना घाइते भएका छन् ।
सितलपुरबाट उरहरी तर्फ आउदै गरेको स्कुटरको ठक्करबाट पैदलयात्री तुलसीपुर – ११ की ६१ बर्षीया सिवा देवकोटा र स्कुटी चालक तुलसीपुर – १२ का ४३ बर्षीय ईश्वरी केसी घाइते भएका छन् ।
दुबै घाइतेको टाउको र अनुहार लगाएत शरिरका बिभिन्न भागमा चोट पटक छ । दुबै घाइको अवस्था मध्य रहेको छ । दुबै जनाको उपचार राप्ती प्रादेशिक अस्पताल पछि सिटी हस्पिटल तुलसीपुरमा भइ रहेको छ ।

