२०८३ असार ५ गते शुक्रवार

जग्गा खोज्नुहोस रोटरीको भवन बनाउने पैंशा दिन्छौं – डिल्ली चौधरी


तुलसीपुर , असार २८ । लुम्बिनी प्रेदशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जग्गा खोजेमा रोटरी क्लब अफ तुलसीपुरका लागि भवन बनाउने पैंशा दिलाउने बताएका छन् ।


तुलसीपुरको दोघरेस्थित ‘मट्का होटेल’मा शुक्रबार बेलुकी रोटरी क्लवको पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेतासमेत रहका चौधरीले हालसम्म पनि सामाजिक क्षेत्रमा क्रियासिल रोटरी क्लव अफ तुलसीपुरको आफ्नै भवन नभएको हुँदा जग्गा खोजे घर बनाउने पैंशा प्रदेश सरकारले दिने गरि ब्यबस्था मिलाउने बताएका हुन ।


रोटरी क्लबले समाज सेवा गर्दै आपसी सम्बन्ध स्थापित गरि नेटवर्क निर्माण गर्ने हुँदा समाज हितमा निश्वार्थ भावले काम गर्न उनले आग्रह गरेका थिए ।


दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित सांसद चौधरीले यसअघिका अध्यक्ष बिनिल केसीको कार्यकाल स्वर्णिम रहेको भन्दै अहिले क्लवको नेतृत्वमा पुगेका सन्दिपनले त्यो भन्दा अझैं राम्रो काम गरेर आँफुलाई प्रमाणित गर्न जरुरी रहेको बताए ।


सामाजिक संघ संस्थाहरुले राम्रो संग आफ्नो कतब्र्य पालाना गरेमा त्यसले संस्था र ब्यक्ति दुबैलाई निकै माथि पुर्‍याउने भन्दै काँग्रेस नेता चौधरीले बताएका थिए ।

ब्यक्तिको ब्यक्तित्व बिकास र साझा एजेन्डा तय गर्न क्लवहरुले भूमिका खेल्ने उनले बताएका थिए । अन्तराष्ट्रिय संघ संस्था भएका कारण नेपाललाई विश्वभर जोड्ने गरि काम गर्न उनले आग्रह गरेका थिए ।


कर्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लबका अशिष्टेन गर्भनर तथा कार्यक्रमका बिशिष्ट अतिथि बीरबहादुर रावत (बीरु)ले रोटरी र रोट्रयाक्टको नेतृत्वले अनुशासन कडाइका साथ अनुशरण गर्न आग्रह गरे ।

उनले सामाजिक संस्था भएको हूँदा सबैको सल्लाह र सहकार्यमा समाजहित बिपरितका कार्यहर ब्रजितरहेको स्मरण गराएका थिए ।


कार्यक्रमलाई रोटरी क्लबका अशिष्टेन गर्भनर तथा कार्यक्रमका अर्का बिशिष्ट अतिथि प्रेमकुमार शर्मा, रोटरी क्लव अफ तुलसीपुरका यसअघिका अध्यक्ष विनिल केसी, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगाएतले निश्वार्थ रुपमा बिगतमा जस्तै समाजहितका पक्षमा कार्य गर्न सुझाउँदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *