२०८२ असार २४ गते बुधवार

घुमुवा तीन प्रहरीसहित ५ जना ब्यापारीलाई धम्काएर ५ लाख अशुलेको आरोपमा पक्राउ

दाङ, असार १ । बाँकेका एक जना मोवाइल ब्यापारीलाई धक्काएर पाँच लाख अशुलेको आरोपमा घुमुवा प्रहरीसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरीबाट लागु औषध नियन्त्रणका लागि खटाइएका प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, परमानन्द कुर्मी , सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी र कोहलपुर–११ निवासी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र आँफुलाई भ्रष्टचार बिरोधी अभियान्ता बताउने सूर्यप्रसाद रिजालपनि पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले बताइन ।

डिएसपी खनालका अनुसार कोहलपुर नगरपालिका –११ पुरानो बसपार्क नजिकको ‘थ्रिस्टार मोबाइल पसल’ का सञ्चालक लक्ष्मण कुँवरको जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरिएको हो ।

जेठ २८ गते दिउँसो पाँच जना आएर आँफुहरु राजश्वको कर्मचारी रहेको भन्दै फसाइ दिने डर धम्की दिएर पाँच लाख रुपैयाँ जबरजस्ती असुली लगेको पीडित कँवरले प्रहरीमा दिएको निबेदनमा उल्लेख गरेका छन् ।


कँवरले जेठ २९ गते जाहेरी दिएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका पाँचै जनाविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको डिएसपी खनालले जानकारी दिइन ।

जिल्ला अदालत बाँकेले पहिलो पटक पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति दिएको छ ।
पीडित कँवरले प्रहरी समक्ष सिसीटिभी क्यामेराको फूटेजपनि पेश गरेका छन् ।

भारतीय नम्बर प्लेट यूपी ५० एए ९८८५० को कारमा पुगेका उनीहरुले कँवर संग पाँच लाख अशुलेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।

पक्राउ परेका भण्डारी र रिजालले आँफुलाई पत्रकार भन्दै आएपनि उनीहरु बाँके शाखाको सदस्य नरहेको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नबीन गिरीले बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *