२०८३ भाद्र १२ गते शुक्रवार

डुडुवाले बाँकेमा पत्रकारका लागि सभाहल निमार्ण गरिदिने

डुडुवा, जेठ २६ । डुडुवा गाउँपालिकाले नेपालपत्रकार महासंघ बाँके शाखामा सभाकक्षनिर्माण गर्ने भएको भएको छ ।

कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताबअनुसार गाउँपालिकाले सभाहलनिर्माण गरिदिने भएको हो ।


गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क) स्थित महासंघको कार्यालय भवनको प्राविधिकसहित निरीक्षण गरेका थिए ।

उपाध्यक्ष साहिदाबानो, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, इन्जिनियर सुरेन्द्र बर्मासहित महासंघ कार्यालय पगेका अध्यक्ष चौधरीले महासंघको प्रस्ताबअनुसार सभाकक्षनिर्माण गर्ने निर्णय भएको बताएका थिए ।

भवन निमार्णको बजेटसहितको स्टिमेट गरी तत्काल काम सुरु गर्ने अध्यक्ष चोधरीले बताएका थिए । जिल्लाका सम्पुर्ण पत्रकारहरुको साझा संस्थाको सभाहल निर्माणमा सघाउनु स्थानीय पालिकाको पनि दायित्व रहने भन्दै सभाहल निर्माण गर्न थालेको अध्यक्ष चौधरीले बताएका हुन ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको प्रस्तावलाई स्वीकार गरेर डुडुवा गाउँपालिकाले सभाहल निर्माणमा सघाउने निर्णयको स्वागत गर्दै अध्यक्ष चोधरीसहित सम्पूर्ण पालिकाका पदाधिकारीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

गिरीले उक्त सभाहलको नाम ’डुडुवा सभाहल’ राखिने बताए । सभाहल निर्माणका लागि कति बजेट लाग्छ र डुडुवाले कति सहयोग गर्ने हो भन्ने कुरा भने खुलाइएको छैन ।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *