२०८२ असार ७ गते आइतवार

पर्यटनका लागि पत्रकारितासँगै चलचित्र


तुलसीपुर,जेठ २५ । कतिपय उद्योगी व्यवासायी व्यापार छाडेर विदेश पलायन भइसकेका छन् । कृषिलाई नेपाल सरकारले कहिल्यै पनि प्राथमिकता दिएन । त्यसपछिको मुलुकको समृद्धिको आधार अहिले पर्यटनलाई बनाइएको छ । यसै सन्दर्भमा पर्यटनले चलचित्र आकर्षण गर्ने कि चलचित्र मेकरले पर्यटनको गन्तव्य खोज्ने भन्नेमा तुलसीपुरमा एउटा सार्वजनिक बहस भएको छ ।

चलचित्रको छायांकन स्थल र त्यसका लागि पूर्वाधार निर्माण त एउटा सबैको साझा अपेक्षा हो । तर, पनि पर्यटनलाई चिनाउने चलचित्रले वा चलचित्रलाई चिनाउने आन्तरिक पर्यटनले भन्ने सन्दर्भमा दिग्गजको बहस भयो । तर, बहसमा कुनै निचोड निकालिएन । भनियो यी दुवै एक अर्काका पुरक हुन् ।

एक प्लेट मम भन्दा एक थुंगा फूल महङ्गो । गणेशपुरस्तित त्यही शान्ति उद्यान्नमा लेखिएको थियो । एक थुंगा फुल टिपे दुई सय रुपैयाँ जरिवाना, एक प्लेट ममको एक सय ३० रुपैयाँ । त्यो त सूचना पार्टीमा लेखिएको हो । तर, कार्यान्वयनकारी निकायले अहिलेसम्म बगैँचाको फुल टिपेको एक रुपैयाँ पनि जरिवाना गरेको छैन । यसको अर्थ तर्साउनका लागि मात्र त्यो सूचना पार्टी लेखिएको थियो । यही प्रशंगमा मैले अघिल्लो सालको सिक्कम भ्रमणलाई याद गर्न चाहेँ ।

सिक्कीमको राजधानी गान्तोकको महात्मागान्धी रोडको स्मरण गर्दा त्यहाँ कुनै पनि सडक किनाराका फूल मान्छेले छोएका थिएनन्, छोएपछिको एउटा सजाय, टिपेपछिको अर्को सजाय ।

कानुनी रूपमा एमजि रोडलाई स्थापित गरेर सिकिमको त्यो गान्तोक फुलै फूलले परिचित भएको थियो । आन्तरिक पर्यटननै संख्या उल्लेख्य थियो गान्तोकको महात्मागान्धी रोडमा । त्यहाँ नेपाली चलचित्रको एउटा गीत पनि छायांकन भएको थियो, ‘धुलो लाग्दैन एमजि रोडैमा ।’

तर, नेपालका धेरै पर्यटकीय स्थल पनि प्रचारप्रसारको ओझेलमा परेका छन् । केही पर्यटकीय स्थललाई प्रचारबाजी मात्रै गरिएको छ । यही अवस्थामा नेपाल चलचित्र पत्रकार संघ दाङको पहलमा सहयोगी निकाय वडा कार्यालय नगरपालिका, चलचित्र पत्रकार महासंघ, वडा कार्यालयलगायत निजी संघसंस्थाको पनि सहयोग र सद्भावमा तुलसीपुर उपमहानगरपालिकाको विशेष सहयोगमा सिनेमा पर्यटन विशेष सम्वाद कार्यक्रम गणेशपुर पार्कमा सम्पन्न भयो ।

कार्यक्रमको एउटै लक्ष्य थियो, पर्यटकीय क्षेत्रले फिल्म छायांकन सहज हुने कि फिल्म छायांकनले पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुने भन्ने थियो । यो बहसको सहजीकरण गरेका थिए पत्रकार बिमल गौतमले । बहस कार्यक्रममा उपस्थित थिए, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, चलचित्र अभिनेता रमित ढुंगाना, चलचित्र निर्वाता मुनाल घिमिरे, चलचित्र पत्रकार संघका केन्द्रीय महासचिवलगायतको सहभागीता रहेको थियो ।

तर, यो विषयमा खासै कलाकारको नेतृत्व गर्ने र कलाकारिता, पत्रकारिता र पर्यटनलाई सोध खोज नगरेको अवस्था समेत भटियो ।

यो बहस कार्यक्रममा चलचित्र निर्माता मुनाल घिमिरे एउटा पात्र थिए भने चिफ पर्सनका रूपमा रमित ढुंगानालाई ल्याइएको थियो । एक सय पचासभन्दा बढी फिल्ममा खेलेका रमितले चलत्रित्र सुटिङको खोजिसँगै विविधता समेत खोजिरहेका छन् । उनी राष्ट्रवादी एवम् राष्ट्रभक्त अभिनेता पनि हुन् । किनकि अहिले नेतालेभन्दा कलाकारले मुलुकलाई चिनाएका छन् ।

त्यही कारण रमितले एउटा फिल्म बनाए गौतम बुद्ध वर्न नेपाल । उनको एउटै ध्यय थियो गौतम बुद्ध नेपालमा जन्मेका हुन्, जन्मेका थिए भन्ने होइन । तर, विदेशमा भने गौतम बुद्ध जन्मेको नेपालमा नभएर भारतमा भन्ने अपभ्रम्स प्रचार गरिएको थियो । त्यही कारण आफूले अमेरिका भारतलगायत धेरै मुलुकमा यो चलचित्रको सुटिङ गर्न सहज भएको बताए ।

सिनेमा पर्यटन विशेष सम्वाद कार्यक्रममा अभिनेता ढुंंगानाले भने चलचित्र निर्माणका लागि दाङ उपयुक्त स्थल भएको स्मरण गरे । यहाँ आउटडोर सुटिङका लागि कुनै पनि समस्या छैन । तर, इन्डोर फिल्म सुटिङका लागि एउटा पनि उपयुक्त होटल छैन । उनी साहसी कलाकार पनि हुन् । उनले नेताले जस्तो सुविधा पनि खोज्दैनन् । त्यसैले तुलसीपुरको कार्यक्रम भ्याउन उनी तुलसीपुरकै हवाई सेवा उपयोग गरे ।

किनकि उनलाई नेपाली वायु सेवाप्रति विश्वास थियो । यद्यपी भिआइपी भने यो विमानस्थल प्रयोग गरेर कहिल्यै यहाँ अवतरण गरेका छैनन् । सुविधा सम्पन्न विस्तारीय एयरपोर्टका लागि चार अर्ब रुपैयाँ माग भए पनि अहिलेको सरकारले यो एयरयोर्टका लागि एक करोड मात्रै विनियोजन गरेको छ । यो त प्रशंग बाहिर भनौ वा भित्रकै ।

हामीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि धेरै पूर्वाधार निर्माण गर्नु पर्ने छैन, तर पनि पर्यटनलाई हामीले आर्थिक जीविकोपार्जनमा जोड्न सफल भएका छैनौँ’, तुलसीपुर उपमहानगरपालिकाका एकजना जनप्रतिनिधिले भने ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले पर्यटनलाई तुलसीपुर उपमहानगरपालिकाले व्यावसायीकतासँग र जीविकोपार्दनसँग जोड्न खोजेको बताए । बहस कार्यक्रममा तुलसीपुर क्षेत्रका पर्यटकीय क्षेत्र छिल्लीकोट बोले, चमेरेगुफा बोले दंगीशरण राजाका्े दरबार बोले अनि धेरै परिकल्पना ।

सहजकर्ता बिमल गौतमले छिल्लीकोटमा बजेट हालिरहँदा बाटो खोइभन्दा, टिकाराम खड्काले भनेका थिए, उद्योगको बाटो र नागरिक यात्रा गर्ने बाटौँ एउटै हुँदैन, हामीले खोजेको वैकल्पिक सडकमा वन ऐन आकर्हित भयो ।’

सोझो जवाफ दिएर उम्किन खोजे तुलसीपुरका मेयर । यही नागरिक हिड्ने र उद्योगका खानी क्षेत्रबाट माल ओसार्ने वैकल्पिक सडक खोज्न भने स्थानिय सरकार बेखबर छन् । चलचित्र निर्माता मुनाल घिमिरेले दाङमा उपयुक्त छायांकन स्थल विकास गर्न सकिने भन्दै आउटाडोर छायांकन स्थल निर्माणमा पनि जोड दिए ।

त्यसैगरी वडाध्यक्ष रामबहादुर जिसीले पनि पर्यटन आर्थिक समृद्धिको मुख्य आधार भएको भन्दै चलचित्रमार्फत् यहाँको पर्यटनलाई बाहिरसम्म प्रचारप्रसार गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले गरेका थिए । उक्त अवसरमा मेरिगोल्ड बोडिङ स्कुल, हाम्रो पहुँच सेकेन्डरी स्कुललगायतका विद्यार्थीले सांस्कृतिक प्रस्तुती देखाएका थिए ।

कार्यक्रमको एउटै निचोड थियो चलचित्र छायांकनका लागि आवश्यक पूर्वाधार हुनुपर्छ अर्थात प्रकृतिले दिएका भुगोललाई पनि यसमा उपयोग गरिनु पर्दछ । पयंटनका पूर्वाधार र चलचिेत्रको छायांकन एक अर्काका पुरक हुन् ।

तुलसीपुर उपमहानगरपालिकाकै सहयोगमा शुक्रवार त्यहीँ गणेशपुर पार्कमा पत्रकारहरूका लागि पनि तालिमको आयोजना गरिएको थियो । उपमहानगरपालिकाले पत्रकार तथा कलाकारहरूलाई उपस्थित गराएर एउटा पर्यटकीय गन्तव्यका रूपमा त्यो पार्कलाई स्थापित गर्न चाहेको देखिन्छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *