दाङ, जेठ २२ । बाँकेको कोहलपुरमा दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका – ६ रझेनाका ३६ वर्षीय सरोज मरासैनीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । राति साढे १० बजेतिर मरासैनी नेपालगन्जबाट कोहलपुर अर्फ आउँदै गर्दा कोहलपुर – १४ हवल्दारपुरमा आफैले चलाएको भे ९ प ८१५७ नम्वरको मोटरसाइक दुर्घटनामा परेका थिए ।
मरासैनी सवार मोटरसाइकल अनियन्त्रित भइ सडक मर्मतका लागि खनेको खाडलमा खसेको थियो ।
दुर्घटनाका घाइते सरोज उनको गएराति ११ बजेतिर कोशलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मरासैनी भारतको राजिव गान्धी युनिभर्सिटीबाट बी– फार्मेसी पढेका थिए । उनी रिलायन्स कम्पीको बजार प्रतिनिधिका रुपमा काम गर्ने ब्यक्ति थिए ।
त्यस्तै कोहलपुर नगरपालिका – २ पुष्पनगरका ५७ वर्षीय चिरञ्जीवी अधिकारीको पनि स्कुटी दुर्घटनामा परि मृत्यु भएको छ । उनी नेपाल टेलिकम कोहलपुरमा कार्यरत कर्मचारी हुन ।
बुधबार बेलकी साढे ५ बजेतिर भे ११ प ९७५१ नम्बरको स्कुटीमा श्रीमती गीतादेवी अधिकारी संगै यात्रा गरि रहेका अधिकारीलाई भे १३ प ३२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
गम्भीर घाइते चिरञ्जीवी कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा राति साढे ११ बजेतिर मृत्यु भएको थियो । घाइते श्रीमती गीतादेवीको भने उपचार जारी छ ।
अधिकारीको स्टुकरलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कोहलपुुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले बताइन ।

