२०८३ असार १४ गते आइतवार

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गयो

दक्षिणी क्यालिफोर्नियामा दुई दसकयताकै शक्तिशाली भूकम्प गएको छ । मानिसहरूमा भूकम्पका त्रास कायमै छ । भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो।

भूकम्प दुई दसकयताकै शक्तिशाली मानिएको छ। भूकम्प ६.४ म्याग्निच्युडको रहेको बताइएको छ। रिजक्रेस्ट नगरमा उल्लेखनीय क्षति भएको छ । सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो।

उक्त नगर क्षेत्रको अग्नि नियन्त्रक विभागका अनुसार त्यहाँ दुई दर्जन आगलागीका घटना तथा त्यसबाट घाइते भएकाहरूको उपचारमा अग्निनियन्त्रक खटिएका छन्।

क्यालिफोर्नियाको गभर्नरको आपतकालीन कार्यालयका प्रवक्ता ब्र्याड एलेक्जाण्डरले रिजक्रेस्ट क्षेत्रमा खोज तथा उद्धारका टोली खटाइएको बताए।

साना परकम्प आइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन्।

प्रकाशित मिति : २०७६ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *