२०८३ कार्तिक १२ गते बुधवार

बोक्सीको आरोपमा कुटपिट गर्ने ब्यक्तिहरु पक्राउ

दाङ , कात्तिक ११ ।


कैलाली प्रहरीले बोक्सिको आरोपमा कुटपिट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति ९ बजेतिर जिल्लाको भजनी नगरपालिका – ५ मिलनपुरकी ५६ बर्षीया हसनादेवी डगौंरामाथि बोक्सीको आरोपमा कुटपिट भएको थियो ।
उनी आफ्नै घरमा सुतिरहेको अवस्थामा स्थानीय कृष्ण डगौंरा, राजु डगौंरा, राजन डगौंरा र उर्मिला डगौंरा लगाएकाले हसनादेबीलाई बोक्सीको आरोप लगाउँदै घरमै आइ गाली गलौज गर्नुका साथै कुटपिटपनि गरेका थिए ।


पीडित हसनादेबीले त्यसबारे बुधबार प्रहरीमा जाहेरी दिएकी थिइन । हसनादेबीले आँफुसहित नाति संजित चौधरीसमेत माथि लछार पछार हुनुका साथै हात तथा मुक्काले कुटपिट भएको जाहेरी दिएकी थिइन ।

सोही जोहेरीका आधारमा इलाका प्रहरी कार्यालय भजनी बाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान भइ रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।
पक्राउ परेका चारै जना माथि बुधबार जिल्ला अदालतबाट म्याद थप भइ आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *