तुलसीपुर, बैशाख ५ । शुक्रबार बेलुकी ६ बजेतिर दाङमा एउटा यात्रु बहाक बस दुर्घटनामा परेको छ ।
दुर्घटनामा परि २० बढी यात्रु घाइते भएको प्रहरीको अनुमान छ । दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रशाद तिमिल्सिनाका अनुसार अहिले उद्धारको कार्य चलिरहेको हुँदा घाइतेको संख्या एकिन भइ नसकेको बताए ।
उनका अनुसार तीन जना गम्भीर छन् । एक जना महिलालाई बसले च्यापेको हुँदा उद्धारको प्रयास जारी छ । उद्धारको लागि जेसिबी ल्याइदै छ ।
बसले च्यापेकी महिलाको उद्धारको लागि प्रहरीले जेसिबी बोलाइएको स्थानीय पत्रकार केपी घिमिरेले बताए । तीब्र गतिको बस एकाएक सडक किनारमै पल्टिएको प्रत्यक्षदर्सीले बताएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका – ५ लठ्वामा ना ३ ख ६९९६ नम्बरको बस सडक किनारमै पल्टिएको हो ।
घाइतेलाई उद्धार गरि लमही अस्पताल र सिसहनिया तर्फ लगिएको छ । दुर्घटना स्थल लमही बजारदेखि १० किलोमिटर पूर्वमा पर्छ ।
प्रहरीका अनुसार लगभग उद्धारको कार्य सकिएको छ ।