२०८२ कार्तिक २९ गते शनिवार

महामन्त्री शर्माको चखौरा अवलोकन : थारुहरूको इतिहास संरक्षणको उत्कृष्ट कार्य


दाङ, चैत ३० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्यटकीय गन्तव्यको रुपमा चखौरालाई विकास गर्नुपर्ने बताएका छन्।

उनले चखौरा पश्चिम नेपालको पर्यटकीय क्षेत्र र सांस्कृतिक तथा जातीय पहिचानसहितको संग्रहालय निर्माण हुनु गौरवको विषय भएको बताए । उनले घुम्न जाने स्थानहरूमध्ये दोहोर्याएर घुम्न आउने र जाने ठाउँ चखौरा भएको उल्लेख गरे ।


यस्ता जातीय संस्कृति संरक्षण परम्परा जोडिएका सङ्ग्रहालयहरूले नेपालको पर्यटकीय क्षेत्रको विकास मात्रै नभएर सांस्कृतिक धार्मिक र जातीय पहिचानको समेत विकास गर्ने बताए।

उनले नेपालका सबै सांस्कृतिक सङ्ग्रहालयहरुलाई व्यवस्थित गरी त्यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने समेत बताए ।

पर्यटकीय रुपमा आकर्षक बढ्दै गएको नेपालमा जातीय संग्रालयहरुले झन् यसको महत्व थप्दै गएकोमा खुशी ब्यक्त गरे ।

सम्भावना रहेका क्षेत्रमा जातीय धार्मिक र सांस्कृतिक संग्रहालयहरू स्थापना हुनसके त्यसले आर्थिक समृद्धिमा टेवा पुर्याउने र पर्यटकीय क्षेत्रको रुपमा पनि विकास हुने बताए ।

महामन्त्री शर्माले सम्पूर्ण थारु जातिको इतिहास बुझ्न चखौरा अनिवार्य भएको भन्दै एकपटक थारु संस्कृतिको विषयमा अध्ययन गर्न आग्रह समेत गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, जिल्ला सभापति शंकर डाँगी तरुण दल दाङका अध्यक्ष टिका घर्ती , महाधिवेशन प्रतिनिधि बिमल रिजाल तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनील केसी लगायतसँग चखौरा संग्रहालय अवलोकन र अध्ययन गरेका शर्माले यस्ता सङ्ग्रहालयले दाङको विकास समृद्धिमा टेवा पुर्याउने समेत बताए ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *