तुलसीपुर , चैत ६ । लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा स्वतन्त्र विद्यार्थीको क्लिन स्वीप गरेको छ । ठूला राजनीतिक दलहरुका संगठनहरुलाई परास्त गर्दै ‘स्वतन्त्र विद्यार्थी परिवार’का तर्फका उम्मेदवारी दिएका सबै उम्मेदवार निर्वाचित भएका हुन ।
स्वतन्त्रका सभापति पदका उम्मेदवार मिलन चौधरी ४४६ मत प्राप्त गरि निर्वाचित भए ।
निकटतम प्रतिष्पर्धी अखिल संयुक्तका शम्भु जिसीले २५७ मत प्राप्त गरे । चौधरी जिसी भन्दा १८९ मत बढी प्राप्त गरि निर्वाचित भएका हुन ।
शम्भुलाई अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र समाजवादी पार्टीको अनेरास्ववियुको समर्थन थियो ।
यहाँ नेपाली काँग्रेस निकट नेविसंघका राजन भुसाल तेस्रो भए । उनले २४२ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा अनुकुमारी यादव ३९९, कोषाध्यक्षमा आयुष्मा चौधरी ३६९ मत प्राप्त गरि निर्वाचित भए ।
सदस्यहरुमा लक्ष्मीकुमारी यादव ३८९, सरिता पुन ४०८, आशिका चौधरी ४०५ , सुदीप चौधरी ३९९, अनिलनाथ योगी ४००, कामना चौधरी ३९३ मत प्राप्त गरि निर्वाचित भएका हुन ।