२०८२ कार्तिक २४ गते सोमवार

सधैँ रुवाउने बद्री पंगेनीले तुलसीपुर महोत्सव नचाए दर्शक


तुलसीपुर, फागुन १३ । तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । दिनप्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको रौनकता बढ्दै गएको छ ।

महोत्सवको आज १३ औँ दिन पनि चर्चित लोक गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शकहरु रमाएका छन् ।

पंगेनीको प्रस्तुतीले महोत्सवमा दर्शकको रुवावासी चल्थ्यो । तर आज उनको प्रस्तुतीमा दर्शकहरु छमछमती नाचेका छन् ।

‘बद्री पंगेनी भनेपछि महोत्सवमा उहाँको प्रस्तुति भावुक खालका हुन्थे, तर आज उनले नचाएका छन ।’ महोत्सव सहभागी दर्शक खेमलाल भण्डारीले भने–‘आज उनको प्रस्तुतिमा मज्जाले रमाउने अवसर मिल्यो ।’

गायक पंगेनीले ‘चप्पल छिनियो, ‘कान्छी हे कान्छी’ जस्ता गितमा प्रस्तुति दिएका थिए । आज महोत्सवमा गायक पंगेनीसहित गायिका एन्जिला रेग्मी, प्रिति गुरुङ, गिता सेन्चुरी, गायक प्रकाशप्रिय कुसुम्या लगायतका कलाकारको प्रस्तुति रहेको थियो ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार–शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य समेत प्रस्तुत गरिएको सांस्कृतिक संयोजक संन्तोष खड्काले जानकारी दिए ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न आग्रह गरेका छ्न ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *