दाङ, माघ २१ । बाँकेमा अर्कौ मोटरसाइकल ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक पक्राउ परेका छन् ।
पहिचान हुन नसकेको मोटरसाइकलको ठक्करबाट बर्दियाको राजपुर नगरपालिका – १० का २३ बर्षीय देवनारायण थारुको मृत्यु भएको थियो ।
थारुले चलाएको भे १० प ४३४१ नम्बरको मोटरसाइकलाई पहिचान हुन नसकेको मोटरसाइकलले १९ गते राति १० बजेतिर बाँकेको नेपालगञ्ज उपमहागनरपालिका – ११ सृष्टिहल नजिकै त्रिभुवन चोक जाने बाटोमा ठक्कर दिएको थियो ।
दुर्घटना पछि ठक्कर दिने मोटरसाइकल र चालकको खोजी भइ रहेको थियो । फरार मोटरसाइकल चालक नेपालगञ्ज – ७ रानी तलाउका ५० बर्षीय राकेश बाल्मिकीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाल्मिकीले चलाएको भे २ प २९५८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार