२०८२ मङ्सिर २२ गते सोमवार

जिल्ला लिगमा लक्ष्य युवा क्लव शीर्ष स्थानमा


लक्ष्मण बस्नेत
तुलसीपुर, असार १० ।
दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ मा लक्ष्य युवा क्लब लिगको शीर्ष स्थानमा रहेको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत सोमबार युनाईटेड युथ क्लव तुलसीपुरलाई सुन्यका विरुद्ध २ गोल हराउँदै आफ्ना दुई खेल बराबरी र एक खेलमा जित दर्ता गरेको लक्ष्य युवा क्लव ५ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

लक्ष्य युवा क्लवका तर्फबाट खेलको पहिलो हाफको पाँचौं मिनेटमा जर्सी नम्बर ७ का नरेश बुढामगरले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए भने दोस्रो हाफको २२आँै मिनेटमा जर्सी नम्बर ८ का निशान बुढामगरले थप एक गोल गर्दै टिमलाई २–० को जित दिलाए । लक्ष्य युवा क्लव अब आफ्नो एक खेल्न बाँकी छ ।

त्यस्तै आफ्नो एक खेल मात्र खेलेको सक्सेस युथ क्लब एक खेलमा जित हासिल गर्दै जारी लिगको दोस्रो स्थानमा छ । यसैबीच आज मंगलबार बेलुका सवा ५ बजे हुने खेलमा आफ्नो एक खेलमा बराबरी खेलेको स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसिपुर (एसएसएफ ए) र युनाइटेड युथ क्लव आमने सामने हुँदैछन् ।

 

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *