दाङ, कार्तिक १ ।
प्यूठानमा एक जना कैदी बन्दी जिल्ला कारागार भित्रै मृत फेला परेका छन् । कारागारको बाथरुम भित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा एक जना कैदी बन्दी आइतबार दिउँसो मृत फेला परेको हुन ।
जिल्लाको गौमुखी गाउँपालिका – ३ का २७ बर्षीय ओमबहादुर घर्ती आइबार दिउँसो कारागारको बाथरुम भित्र मृत फेला परेका हुन ।
हाडनाता करणी सम्बन्धिम मुद्दामा जिल्ला अदालतले घर्तीलाई १६ बर्ष कैद सजायको फैसला सुनाएको थियो । बिगत ५ बर्षदेखि उनी कैदमा थिए । ५ बर्षको कैद भुक्तान गरि सकेका घर्ती आइतबार दिउँसो जिल्ला कारगार कार्यालयको बाथरुममा नुहाउन भनेर गएका थिए ।
तर, उनी धेरै बेरसम्म पनि ननिस्किए पछी कारागारका पानी नाइके र अन्य कैदी बन्दी मिलेर ढोका खोली हेर्दा उनी त्यही झुण्डिएर आत्महत्या गरेको अवस्थामा दिउँसो २ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको कारागार प्रशासनले जनाएको छ ।
