२०८२ असार ३१ गते बुधवार

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते


दाङ,माघ १ । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते भएका छन् ।

घोराही–तुलसीपुर सडकखण्ड अन्तगर्त घोराही उपमहानगरपालिका–१० गुर्जेखोला नजिकै आज दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ११५६ नम्बरको बसले विपरित दिशाबाट गइरहेको रा ७ प १२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका–३ घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा बस्ने ४० वर्षिय जहरेलाल सुनार र मोटरसाइकलमा पछाडी सवार उनको भाउजु तुलसीपुर–४ का नरमकुमारी सुनार गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन प्रसाद तिमील्सिनाले जानकारी दिए ।

घाइते देवर भाउजु दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *