२०८२ असार ३१ गते बुधवार

जिप दुर्घटना हुँदा चालकसहित दश जना घाइते

दाङ, पुस २८ । प्यूठानमा सुमो जिप दुर्घटनामा परि चालकसहित दश जना घाइते भएका छन् । घाइते मध्य चालकको अवस्था गम्भीर छ भने थप तीन जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।


टाउकोमा चोट खेपेका कपिलबस्तु जिल्लाको शिवराज नगरपालिकाका २५ बर्षीय चालक बिजय कौशोधनको अवस्था गम्भीर छ । उनलाई उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।


त्यस्तै रोल्पाको सुनछहरी गाउँपालिका – १ का ८० बर्षीय खलबिर घर्ती, सोही ठाउँकी ७६ बर्षीया चम्फा घर्ती र झापाको दमक नगरपालिका – ८ का ३८ बर्षीय उमानाथ भट्टराइको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । चार जना बाहेक अन्य सबै घाइतेको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।


प्यूठानको माण्डबी गाउँपालिका – ३ अरुण खोला नजिकै भे १ ज ७३४ नम्बरको सुमो जिप आइतबार दिउँसो १ बजेर ४० मिनेट जाँदा अनियन्त्रित भइ सडकको दायाँ साइडको भित्तामा ठोक्किएको थियो । प्रहरीका अनुसार जिप रोल्पाबाट दाङको भालुवाङ तर्फ आउँदै थियो ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *