तुलसीपुर, पुस १८ । तुलसीपुर – ५ को बिपी चोकमा साढे ९ बजेतिर बसपार्क तर्फ जाँदै गरेको लु १ ख ६८९३ नम्बरको ट्रकले ठक्कर दिदा पैदल हिडिरहेका तुलीपुर – ५ का ७० बर्षीय टेकबहादुर गिरी घाइते भएका छन् ।
गिरीको बाँया हात, खुट्टा र अनुहारमा चोट पटक छ । मध्यम अवस्थाका गिरीको पनि प्रादेशिक अस्पताल तुलसीपुरका उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालक घोराही उपमहानगरपालिका – १४ का ४५ बर्षीय प्रेमबहाुदर सुनारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार