काठमाडौं,पुस १६ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको भए पनि नीतिगत नेतृत्व भने आफ्नै दलले गरिरहेको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
सम्बोधनको क्रममा उनले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताए ।
पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा पार्टीले सरकरालाई डोर्याउनुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
