२०८१ माघ ९ गते बुधवार

महायज्ञमा एक लाख ८८ हजार दान संकलन


दाङ, मंसिर २२ । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ को दोश्रो दिन करिव लाख रुपैयाँ दान संकलन भएको छ ।

विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको दोश्रो दिन शनिवार एक लाख ८८ हजार दुई सय ९७ रुपैयाँ आर्थिक संकलन भएको भएको आर्थिक उपसमिति संयोजक हिरालाल न्यौपानेले जानकारी दिए ।

संयोजक न्यौपानेका अनुसार महायज्ञमा शनिवार सवैभन्दा धेरै दान घोराही उपमहानगरपालिका–७ सौडियार निवासी बिना रोकाले एक लाख पाँच सय रुपैयाँ संहयोग गरेकी छिन ।

पूर्व विद्यालय व्यवस्थापन समितिकी सदस्य समेत रहेकी रोकाले विद्यालयको भौतिक सुधारका लागि एक लाख पाँच सय रुपैयाँ सहयोग गरिन। महायज्ञमा सवैभन्दा धेरै दान गर्ने रोका परिवारलाई घरदेखि महायज्ञ स्थलसम्म पञ्चेबाजासहित स्वागत सम्मान गरिएको थियो ।

त्यसैगरी महायज्ञमा हालसम्म सवैभन्दा धेरै दान गर्ने बिना रोकालाई महायज्ञका कथाबाचक पंडित कोमल उपाध्यायले सम्माणपत्रसहित खादा ओढाएर सम्मान गरेका थिए ।

धनधान्यञ्लतर्फ ४४ मुरी धान संकलन भएको छ । महायज्ञ सञ्चालन भएसँगै विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि दान गर्ने दाताहरु बढ्दै गएको दाता पहिचान उपसमितिका संयोजक भूपबहादुर डाँगीले जानकारी दिएका छन ।

महायज्ञमा कथा श्रवणसँगै धार्मिक कार्यमा सहभागी हुने क्रम बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले जानकारी दिए ।

उनका अनुसार अनुसार दिउँसोसँगै रातको समयमा भक्तजनहरुको उपस्थीति बढ्दै गएको बताए । मंसिर २१ गतेदेखि सुरु भएको महायज्ञ मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय र एक सय ८ भागवत संकल्पकर्तामा डिला पाण्डेय रहेका छन ।

महायज्ञको पहिलो दिन ३० हजार बढी आर्थिक संकलन भएको थियो । जसमा सवैभन्दा घोराही–७ सौडियारमा रहेको जनजागृती बचत तथा ऋण सहकारी सस्थाले २० हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको महायज्ञ आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *