२०८१ चैत्र ४ गते सोमवार

घाँस दिएर अतिथिहरुलाई स्वागत गरेपछि… 

शिवु खनाल,
गोझेना (देउखुरी), असार ४ । सुन्दा अचम्म लाग्छ । तर सत्य र यथार्थ कुरा हो । लमही नगरपालिका वडा नम्बर ८ गोझेना डाँडा निवासी मिनिकुमारी बुढाले बाह्र जातको घाँसले अतिथिहरुलाई स्वागत गर्नुभयो । प्राय हरेक कार्यक्रममा अतिथि वर्गहरुलाई दोसल्ला ओढाई र टिका लगाएर र ब्याज वितरण गरेर कार्यक्रमहरुमा स्वागत सत्कार गर्ने चलन छ । तर, मंगलवार गोझेनामा फरक दृष्य देखियो ।

लमही नगरपालिका वडा नम्बर ८ गोझेना डाँडा निवासी मिनिकुमारी बुढाले बाह्र जातको कोसे र अकोसे जातको घाँसले अतिथिहरुलाई स्वागत गर्नुभयो । घाँसले स्वागत गरेको देख्दा एकाएक दंग परे अतिथिहरु । किन घाँसले स्वागत गर्नुभयो ? प्रश्न पनि उब्जियो ।

दंग पर्नुपर्दैन, यो घाँस हामीहरुलाई ग्रामिण महिला उत्थान केन्द्र र हेफर ईन्टरनेशनल नेपाल दाङले साझेदारीमा विस लाख बराबरको निशुल्क अनुदानमा पशुचौपाएहरु लाई खुवाउने भनेर वितरण गरेको घाँस हो, बुढाले भनिन,–। पशुचौपाएलाई खुवाउने घाँस उत्पादनमा वृद्धि भयो । सोचेको भन्दा बढि उत्पादनमा वृद्धि भैदेखि बाख्रा व्यवसाय फस्ताउदै जानथाल्यो । किसान महिला दिदि बहिनीहरुको मुहारमा परिवर्तन ल्याउन सफल भयो, ग्रामिण महिला उत्थान केन्द्र हेफर ईन्टरनेशनल नेपाल दाङ । सोही कारण गाउँमा पाल्नुहुने अतिथिहरुलाई यो विधिबाट स्वागतको सत्कार गरिएको उनले बताइन ।

दिपा चौधरी पुष्पाञ्जली उपहार समुह संस्थाको अध्यक्ष हुनुहुन्छ । २०६९ सालमा पुष्पाञ्जली संस्थामा आवद्ध भएको चौधरीले बताइन । पहिला घर चलाउन निकै गाह्रो थियो, सासु ससुराबाट हेपिमाग्नु पर्ने अवस्था थियो । काम नगरी खान बस्न दिदैन थिए, सासु ससुराले । तर, ग्रामिण महिला उत्थान केन्द्र संस्था र हेफर ईन्टरनेशनल नेपाल दाङले साझेदारीमा बाख्रापालनको लागी भनेर गाउँ गाउँमा समुह गठन गरी बाख्रापालनको निम्ती हामीलाई अनुदानमा बाख्रा उपलब्ध गराए देखि सिङ्गो गाउँकै जिवन स्तरमा सुधार आएको चौधरीले बताइन ।

यस्तै मिनिकुमारी बुढाले गएको वर्षमा १ लाख ५० हजार रुपैँया बराबरको बाख्रा बेचेको बताइन । सोही गाउँ कै सुशिला चौधरीले ४३ हजार, रुखमाया विकले २० हजार बराबरको बाख्रा विक्रि गरिसकेको बताइन । गाउँमा समुह गठन भएदेखि किसान महिलाहरुको जिवन स्तरमा सुधार आएको स्थानिय महिला किसानहरुले बताए । बाख्रापालन गर्न नजानेका किसान महिलाहरुको घरघरमा बाख्रा व्यवसायहरुको लहर लागेको बुढाले बताउनुभयो । ग्रामिण महिला उत्थान केन्द्र र हेफर ईन्टरनेशनल नेपाल दाङले आमाको रुपमा काम गरेको स्थानिय महिला किसानहरुले बताउछन् । महिलाहरुलाई एउटा राम्रो बाटो देखाई हरेक क्षेत्रमा साथ र सहयोग पु¥याएको स्थानियहरुको भनाई छ ।

अध्यय अनुगमन
ग्रामिण महिला उत्थान केन्द्र दाङको साझेदारीमा दाङ, सल्यान र प्यूठान जिल्लामा संचालन भैइरहेको पशु बस्तुको मुल्याङकन आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजना अन्र्तगत लमही नगरपालिकामा गठन भएको दुईवटा परियोजनाको अनुगमन तथा समन्वय नेतृत्व परियोजना क्षेत्रको अध्ययन अवलोकन गरिएको छ ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उप–प्रमुख देबका बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगि, ग्रामिण महिला उत्थान केन्द्र दाङको अध्यक्ष आसमानि चौधरी, हेफर ईन्टरनेशनल नेपाल दाङ कार्यक्रम संयोजक भिमकान्त चौधरी, पार्वती बस्नेत र पत्रकार लगाएतको संयुक्तमा ग्रामिण महिला उत्थान केन्द्र दाङको साझेदारीमा दाङ, सल्यान र प्यूठान जिल्लामा संचालन भैइरहेको पशु बस्तुको मुल्याङकन आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजना अन्र्तगत लमही नगरपालिकामा गठन भएको परियोजनाको अनुगमन तथा समन्वय नेतृत्व परियोजना क्षेत्रको अध्ययन अवलोकन गरिएको हो । सहकारीकाले गरेका वार्षिक प्रतिवेदन, काम कर्तब्य र वार्षिक कार्यmक्रमका योजनाहरुको अध्ययन अवलोकन गरिएको हो ।

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस
  1. भब्य देब शर्मा says:

    राम्रो काम को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *