२०८२ कार्तिक २९ गते शनिवार

पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न


तुलसीपुर,मंसिर १२ । श्री पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा भएको छ । संस्थाका यमुना शाहको अध्यक्षता तथा
तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यता एब जिल्ला सहकारी संघ दाङ अध्यक्ष हेमराज गौतमको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस अबसरमा उनीहरुले सहकारीहरु धरासयी बन्दै गएको भन्ने भनाईलाई चूनौति दिँदै महिलाहरुले सञ्चालन गरेको सहकारी संस्थाहरुले राम्रो काम गर्दै आएको भन्दै प्रसंसा गरेका थिए । जिल्लामा महिलाहरुले नेतृत्व गरेको सहकारीहरु स्वच्छ र पारदर्सी तरिकारले संचालन भैरहेको बताए ।


कार्यक्रममा सस्थापक अध्यक्ष एब सल्लाहकार प्रभा खडका,महिला अधिकारकर्मी सुस्मा गिरी,तुलसीपुर ५ का पुर्ब वडा सदस्य सावित्री गुरुङ,कमला जिसि,लिला पुन,रुपकली कंडेल लगाएतले सहकारीले महिलाहरुलाई शसक्त,जागृत बनाउदै अगाडि बढाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताएका थिए ।


त्यस्तै बार्सिक साधारणसभा कार्यक्रममा संस्थाले तीन जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । त्यस्तै सेयर सदस्य वृद्धि गर्ने ५ जना महिला,बालबचत कर्ता मार्फत ४ जना बालबालिकालाई जिपिए अनुसार सम्मान गरिएको छ ।

त्यस्तै सस्थाले स्थापनाकाल देखि हाल सम्म सस्थालाई निरन्तर सल्लाह सुझाब र सहयोग गर्दै आएका ७ जना महिलाहरुलाई सम्मान गरेको छ ।
संस्थाका उपाध्यक्ष लक्ष्मी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब सुशिला भटटाईले गरेकी थिइन् ।


कार्यक्रममा सस्थाका काेषाध्यक्ष रेश्मी वलीले आर्थिक प्रतिबेदन, सचिब सुशिला भटटाईले सागठनिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् भने लेखा समितिका सयोजक पुस्पा सुबेदीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
हाल संस्थामा ७ सय बढी सेयर सदस्य छन ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *