२०८१ मङ्सिर १९ गते बुधवार

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको व्रत समापन हुँदै

काठमाडौं ,कार्तिक २३ । लोकआस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठपर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।

शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ व्रत समापन हुन्छ।

भक्तजनले बाँसको केनिया र ढाकीमा छठीमातालाई चढाउने उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिङ्घाडा, ठकुवा, भुसुवालगायत परिकारले अर्घ्य दिएका हुन्।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन्।

फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको शास्त्रीय मान्यता रहेको र त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको हो।

छठमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाउनुका साथै सन्तानसमेत प्राप्ति हुने जनविश्वास छ। यसमा सिङ्गै फलफूल चढाउँदा सूर्य देवता प्रशन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *