२०८१ मङ्सिर १९ गते बुधवार

तुलसीपुर बनकट्टाको जुवा खालमा प्रहरीको छापा

एक लाख ३३ हजार रकमसहित दश जुवाडे पक्राउ

तुलसीपुर , कात्तिक १८ । दाङबाट प्रहरीले दश जुवाडे पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका – १७ बनकट्टाका देवबहादुर वलीको घरमा भइ रहेको जुवामा बिहान साढे १ बजेतिर छापा हानेर प्रहरीले दश जुवाडेलाई नियन्त्रणमा लिएको छ ।


उनीहरुको साथवाट एक लाख ३३ हजार एक सय दश रुपैंया बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले बताए ।
पक्राउ पर्नेमा तुलसीपुर – १७ का ५७ बर्षीय भिम वली, ४९ बर्षीय लुमासिंह बस्नेत, ३२ बर्षीय नरबहादुर चौधरी, ५८ बर्षीय केशरबहादुर वली, ३६ बर्षीय शरद वली छन् ।


त्यस्तै सोही ठाउँका ३८ बर्षीय सुशिल वली, ४१ बर्षीय रेखबहादुर वली, ४९ बर्षीय मदन वली, घर धनी ५१ बर्षीय देबबहादुर वली र घोराही उपमहानगरपालिका – ९ अश्वाराका ४९ बर्षीय बालाराम वली रहेको डिएसपी थापाले जानकारी दिएका छन् ।

गोप्य सूचनाको आधारमा डिएसपी थापाको कमाण्डमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरवाट खटिएको टोलीले बनकट्टाका गाउँमा भइ रहेको जुवामा छापा हानेको थियो । प्रहरीले जुवा भइ रहेको ठाउँमा कौडाका साथै तासपनि बरामद भएको बताएको छ ।


पक्राउ परेकाहरु सबै प्रहरी हिरासतमा छन् । उनीहरु माथि थप अनुसन्धान हुने तथा जुवा ऐन अन्तरगत मुद्दा चलाई कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *