तुलसीपुर, कात्तिक १४ । राप्ती राजमार्ग अन्तरगत तुलसीपुरवाट अमेलिया तर्फ जाँदै गरेको एउटा कार लमही नगरपालिका – ९ भञ्ज्याङको भिरबाट दुर्घटनामा परेको छ ।
बुधबार बिहान ११ ः ५५ बजेतिर भञ्ज्याङको मोड घुम्तिवाट कार तल खसेको हो ।
कार दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका – ६ का कर्णबहादुर थापा र अर्का पूर्णबहादुर खत्री गम्भीर घाइते भएका छन् ।
उनीहरुको उद्धार गरि लमही अस्पताल तर्फ पठाइएको इलाका प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक भवनाीप्रशाद धमलाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले तुलसीपुरवाट अमेलिया तर्फ जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार भञ्ज्याङको भीर मोडबाट खसेको र दुबै जनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।
डिएसपी ठकुरीका अनुसार कार दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका – ६ का ४५ बर्षीय कर्णबहादुर थापा र तुलसीपुर – ७ का ३३ बर्षीय पूर्णबहादुर खत्री रहेका छन् । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।