दाङ , असोज ९ । रोल्पामा चट्याङ लागेर ४२ बर्षीया एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका – ५ हाङजावाङकी ४२ बर्षीया चन्द्रकला वलीको मंगलबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।
छिमेकीको गाइ गोठमा बसिरहेको समयमा वलीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पु¥याइएको छ ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मंगलबार बेलुकी पख परेको चट्याङले इलाका प्रहरी कार्यालय खुँग्रीमा संचार साधानमा क्षति पुगेको जानकारी दिए ।
प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
