दाङ,भदौ २९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले योजना निर्माण गरेको बताएका छन ।
गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको उनले बताए ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर/एक धाराुको अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाइ सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिए ।
प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै छ । कपिलवस्तुमा ल्याव खोल्दै छौं । खानेपानीको गुणस्तर परिक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याव स्थापना गर्दैछौं,उनले भने-चालू बर्षमा १६८ खानेपानी आयोजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य राखेका छौं ।
योजनाबद्द विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेको बताए ।
प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यताकासाथ कार्यक्रमहरू गरिरहेका छौं,उनले भने-योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा खानेपानी, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिको अभियान सफल बनाउन सक्छौं ।
मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनको उद्घाटन र रजत स्मारिकाको विमोचन गरे ।
रजत जयन्ती मनाउदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्नेखनीय रहेको मुख्यमन्त्री आचार्यले बताए ।
प्रदेशको अग्रणी खानेपानी संस्था हो । उपभोक्ताहरुको अथक मेहनत र परिश्रमका कारण यो खानेपानी आयोजना यहाँसम्म आइपुरगेको महशुस मुख्यमन्त्री आचार्यले गरे ।
प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पुर्याउने लक्ष्य सरकारले पूरा गर्नुपर्ने बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जिवनको लागि भएको बताए ।
सुरक्षित खानेपानीका लागि प्रदेश सरकार संग समन्वय गरिने उनले बताए । प्रदेश सभा सदस्य भगवती अधिकारीले नागरिहरुलाइ सहज रुपमा गुणस्तरीय पानी पुर्याउने संकल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले कुलो, कुवा, इनार र खोलाको पानी खानुपर्ने अवस्था अन्त्य गरेर नागरिकहरुलाइ गुणस्तरीय खानेपानी पुर्याउन सफल भएको बताए ।
कार्यक्रमको सहजिकरण संस्थाका सचिव कमला ज्ञवालीले गरेका थिए ।
